१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मुख्यमन्त्री शाहीलाई जुम्ली पत्रकारका ६ बुँदे माग

२७ चैत्र २०७८, आईतवार ११:५३

चैत्र २७, जुम्ला | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुँदे माग राखेका छन् । पत्रकारहरूको छाता संगठनको रुपमारहेको नेपाल पत्रकार महासंघ जुम्ला शाखाले ६ बुँदे माग राखेको हो । 

जुम्ला, रारा अल्ट्रा म्याराथुनको उद्‍घाटन गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई जुम्ला विमान स्थालमा पत्रकार सम्मेलनको आयोजना गरी  पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्न ६ बुँदे  माग पत्र दिएको हो ।  

चैत २५ मा जुम्ला पुगेका मुख्यमन्त्री शाही मुख्यमन्त्री रोजगारका कार्यक्रम अनुगमन, कर्मचारीसँग छलफल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अनुगमन गरेर तीन दिनपछि सुर्खेत फर्किएका छन् ।

कर्णालीका सबै जिल्लामा कम्तीमा वर्षको चारवटा पत्रकारिता तालिम (पत्रकार आचार संहिता, स्टोरी लेखन तालिम, आधारभूत क्षमता अभिवृद्धि तालिम, फोटो तथा भिडियो ग्राफर) तालिमको माग गरिएको महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बताइन् । 

पत्रकार महासंघसहित स्थानीय सञ्चार माध्यमलाई वैकल्पिक ऊर्जा व्यवस्थापको लोसार व्यापक व्यवस्थापनमा सहयोग गर्न पनि मुख्यमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ  । 

अहिले सुस्त रहेको इन्टरनेटका कारण सरकारी कार्यालयको काम तथा समाचार पठाउन कठिन भएकाले इन्टरनेट फास्ट गर्न पहल गर्न पनि पत्रकारहरूले आग्रह गरेका छन् ।

मुख्य मन्त्री शाहीलाई कर्णाली प्रदेशका सूचना दुर्गममा पुग्ने वातावरण सिर्जना गर्न अनुरोध गरिएको छ ।  गर्न अनुरोध गरिएको छ।दुर्गमका नागरिकले पनि सरकारका कार्यक्रम तथा कार्यसम्पादन थाहा पाउने अधिकारको सुनिश्चित गर्नका लागी  पनि दुर्गमका सञ्चारमाध्यमलाई सूचना उपलब्ध गराउनु पर्ने माग गरिएको छ । कर्णालीमा सञ्चार पूर्वाधारमा लगानी तथा सहयोग गर्ने नीति ल्याउन जुम्ला पत्रकार महासंघले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल