२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मुख्यमन्त्री शाहीलाई जुम्ली पत्रकारका ६ बुँदे माग

२०७८, २७ चैत्र आईतवार ११:५३

चैत्र २७, जुम्ला | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुँदे माग राखेका छन् । पत्रकारहरूको छाता संगठनको रुपमारहेको नेपाल पत्रकार महासंघ जुम्ला शाखाले ६ बुँदे माग राखेको हो । 

जुम्ला, रारा अल्ट्रा म्याराथुनको उद्‍घाटन गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई जुम्ला विमान स्थालमा पत्रकार सम्मेलनको आयोजना गरी  पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्न ६ बुँदे  माग पत्र दिएको हो ।  

चैत २५ मा जुम्ला पुगेका मुख्यमन्त्री शाही मुख्यमन्त्री रोजगारका कार्यक्रम अनुगमन, कर्मचारीसँग छलफल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अनुगमन गरेर तीन दिनपछि सुर्खेत फर्किएका छन् ।

कर्णालीका सबै जिल्लामा कम्तीमा वर्षको चारवटा पत्रकारिता तालिम (पत्रकार आचार संहिता, स्टोरी लेखन तालिम, आधारभूत क्षमता अभिवृद्धि तालिम, फोटो तथा भिडियो ग्राफर) तालिमको माग गरिएको महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बताइन् । 

पत्रकार महासंघसहित स्थानीय सञ्चार माध्यमलाई वैकल्पिक ऊर्जा व्यवस्थापको लोसार व्यापक व्यवस्थापनमा सहयोग गर्न पनि मुख्यमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ  । 

अहिले सुस्त रहेको इन्टरनेटका कारण सरकारी कार्यालयको काम तथा समाचार पठाउन कठिन भएकाले इन्टरनेट फास्ट गर्न पहल गर्न पनि पत्रकारहरूले आग्रह गरेका छन् ।

मुख्य मन्त्री शाहीलाई कर्णाली प्रदेशका सूचना दुर्गममा पुग्ने वातावरण सिर्जना गर्न अनुरोध गरिएको छ ।  गर्न अनुरोध गरिएको छ।दुर्गमका नागरिकले पनि सरकारका कार्यक्रम तथा कार्यसम्पादन थाहा पाउने अधिकारको सुनिश्चित गर्नका लागी  पनि दुर्गमका सञ्चारमाध्यमलाई सूचना उपलब्ध गराउनु पर्ने माग गरिएको छ । कर्णालीमा सञ्चार पूर्वाधारमा लगानी तथा सहयोग गर्ने नीति ल्याउन जुम्ला पत्रकार महासंघले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा