१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नागरिकता नपाएरै गयो तीन पुस्ता

२७ चैत्र २०७८, आईतवार १३:२८

चैत्र २७, दाङ | नेपालमै जन्मिए बसोबास नै नेपालमै भएको तीन पुस्ताले नागरिकता नपाएको एक परिवारले जनाएको छ । तीन पुस्ताले नागरिकताका लागि अपिल गरे पनि नातिको पाल सम्म आउँदा पनि सहज रुपमा नागरिकता पाउन नसकेको उनीहरूको गुनासो छ । 

दाङको गढवा गाउँपालिका–८ (साबिक कोइलाबास गाविस–९) मा जन्मिएका अर्जुन भुजले बाजे बा र आफूले नेपाली नागरिकता लिन सबै प्रक्रिया पुरा गरे पनि अहिलेसम्म नागरिकता नपाएको बताएका छन् । 

कोइलावासमा बस्दै आएका उनका हजुरबुवा–हजुरआमाले एक पटक नागरिकता लिने प्रयास गरे लिन सकेनन् । त्यसपछि  कहिल्यै उनीहरूलाई नागरिकता चाहिएन । अर्जुनका बुवा प्रेमलाल भुजले नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए । तर, बाबुको नागरिकता नभएको कारण देखाउँदै उनको निवेदन प्रशासनले अस्वीकार गरिदियो । नागरिकता नपाएपछि उनी आफ्ना बाबुबाजे जस्तै खेती–किसानीमै सीमित भए । गैर  नागरिक भएर नेपालमा बसी रहे । 

अर्जुनकी आमा दिपा रावतको वंशजको नागरिकता छ । दिपाले बुवा बेलु रावतबाट १७ माघ २०५५ मा जिल्ला प्रशासन कार्यालय, दाङबाट वंशजको आधारमा नागरिकता लिएकी छन् । प्रेमलाल र दिपाका दुई सन्तानमध्ये अर्जुन र उनका भाइ अनिल उमेर पुगेर पनि नागरिकताविहीन अवस्थामा छन् अहिले । अहिलेकै स्थानमा आफ्ना तीन पुस्ताको बसोबास रहेको छ । ‘मेरा बुबाका बाबा पनि यही ठाउँमा जन्मिनुभएको हो,’ प्रेमलालले भने, 'काकाका छोराले नागरिकता लिए तर मेरो बुबाले नागरिकता नबनाएर बित्नुभयो । यसले गर्दा अहिले हामी अनागरिक भएका छौं ।’  

प्रेमलाललाई २०५८ साल चैत १४ गतेको मितिमा श्री ५ को सरकार स्थानीय विकास मन्त्रालय कोइलाबास गाउँ विकास समितिको कार्यालयले परिचय पत्र दिएको छ । तर, उनका बुबाको नागरिकता नभएका कारण अहिले उनीसँगै दुई छोरोको नागरिकता बन्न सकेको छैन । 

२२ वर्षीय अर्जुन नागरिकताका लागि धाउन थालेको तीन वर्ष भयो । उनीहरूका सुरुमा नागरिकताको सिफारिसका लागि उनले बुवाको (परिचय पत्र) र आमाको (वंशजको आधार)को नेपाली नागरिकतासँगै जन्मदर्ताको प्रमाणपत्र संलग्न गरी वडा कार्यालयमा निवेदन दिए । 

कागजपत्रको आधारमा वडा कार्यालयले सिफारिस पनि दियो र उनी जिल्ला प्रशासन कार्यालय दाङ पुगे । जिल्ला प्रशासन कार्यालयले जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई नागरिकता दिन नसकिने जवाफ दिएर फर्काइदियो ।

संविधानमा भएको व्यवस्था बमोजिम आमाको वंशजको नागरिकताका आधारमा मात्रै पनि अर्जुन भुज नागरिकताका हकदार हुन् । तर, प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीले उनलाई तत्काल नागरिकता दिन नसक्ने जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल