१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र एलजीबीटीक्युआई प्लस अभियन्ता श्रेष्ठबीच भेटवार्ता

६ बैशाख २०७९, मंगलवार ०६:२४

 वैशाख ६, काठमाडौं | नेपाल भ्रमणमा रहेकी अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिङले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता तथा नेपाली ‘एलजीबीटीक्युआई प्लस’ अभियन्ता भूमिका श्रेष्ठसँग भेट गरेकी छन् । 

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भेटघाटमा नेपाली एलजीबीटीक्युआई प्लस समुदायको अधिकार र उत्थानका विषयमा छलफल भएको थियो ।

'अमेरिका नेपालमा एलजीबीटीक्युआई प्लस समुदायको अधिकारको उत्थान र समान अवसरको पहलका लागि श्रेष्ठको योगदानको प्रसंशा गर्दछ र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारका लागि हुने प्रयासमा हरसम्भव सघाउन प्रतिवद्ध छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेको छ । 

नेपाल र अमेरिकाबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ नेपाल भ्रमणमा आएकी हुन् । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल