२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बृद्धाश्रममा बालबालिका

१६ मंसिर २०७२, बुधबार ०२:४९

chilime-himlayanप्रेमप्रसाद पौडेल, मंसीर १५, रसुवा ।

बृद्धाबृद्धालाई
पालनपोषण गर्ने अनुमति लिएर सञ्चालन गरिएको बृद्धाश्रममा बालबालिकाहरु राखिएको छ । रसुवा जिल्लाको
चिलिमे गाविस १ थाम्बुचेतमा हिमालयन मानव सेवा समाजले भुकम्पपछि हाकु गाविसका विभिन्न वडाका टुहुरा
बालबालिका राखेको पाइएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी थापाको नेतृत्वमा गएको
अनुगमन टोलीले बालबालिका राख्नको लागि अनुमति नलिएको भन्दै उक्त कार्यलाई मापदण्ड विपरित बालगृह सञ्चालन
भएको बताएका छन् । थापाका अनुसार उक्त कार्यलाई तत्काल रोक्नुपर्ने बुझिएको छ । विनाशकारी भुकम्पपछि
बालगृह सञ्चालन तथा ओसारपसारमा रोक लगाइएको छ ।

विनाशकारी भुकम्पपछि हाकु गाविस ८ की आठ वर्षीय
आइसिङ तामाङ, नौ वर्षीय शर्मिला तामाङ, सात वर्षीय संगीता तामाङ, वडा नं ६ की रिमा नगरकोटी, वडा नं ८ की
दश वर्षीय अस्मिता तामाङ, सात वर्षीय सन्तोष घले, नौ वर्षीय सन्दिप घले, बाह्र वर्षीय दिलमाया तामाङ र
सात वर्षीय अनिता तामाङलाई टेन्टमा राखेर पालनपोषण गरिएको छ ।

हिमालयन मानव सेवा समाजका अध्यक्ष
बालकृष्ण श्रेष्ठले बालबालिका राख्नको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनमा आफू चुकेको भएपनि
प्राय बाबुआमा गुमाएका बालकालिकालाई शिक्षा तथा पालनपोषण गरेर सेवा गरेको बताएका छन् । श्रेष्ठले
हिमालयन इङलिस स्कूलमा उक्त बालबालिकाहरुलाई शिक्षा दिइरहेका छन् ।

वि.सं २०७० सालमा बृद्धाश्रम
सञ्चालन गर्न अनुमति प्राप्त उक्त समाजले विभिन्न निकायबाट सहयोग पनि प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…