१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजारमा ग्यासको अभाव कायमै, सहज हुन अझै एक साता

१४ बैशाख २०७९, बुधबार ०६:३३

वैशाख १४, काठमाडौं | बजारमा यतिबेला खाना पकाउने ग्यासको अभाव छ। गत महिना राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेका कारण यतिबेला बजारमा ग्यासको अभाव भएको हो।

व्यवसायीले पेट्रोल-डिजेलको मूल्य बढाउँदा नै ढुवानी भाडासँगै  समायोजन गर्नु पर्ने माग राखेर पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए। यसैको 'साइड इफेक्ट' स्वरुप यतिबेला उपभोक्ताले ग्यास खरिद गर्नका लागि साता दिनसम्म कुर्नुपर्ने अवस्था आएको छ।

दुई/चार दिनमा बजारमा ग्यासको अभाव हट्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मालीले बताए। गत चैतमा पेट्रोलियम पदार्थको आपूर्ति रोकिएको थियो। त्यसले गर्दा अहिले ग्यासको अभाव भएको छ।

अहिले ग्यासको आयात बढेर आउन थालेको छ। जसमा पहिलेभन्दा २० प्रतिशत बढी आयात भइरहेको छ।

हाल दैनिक १२० देखि १२५ वटा ग्यासको बुलेट आइरहेको छ। यसअघि ८० देखि ८५ वटा आउने गरेको थियो। गत महिना एक साताभन्दा बढी समय ग्यासको आपूर्ति रोकिएको हुँदा केही समयको लागि परिमाण थप गरेर ल्याउन थालिएको उनले बताए। 

अबको साता दिनभित्र उपभोक्ताले सहज रुपमा ग्यास पाउने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए। ग्यासको आयात दैनिक रुपमा भइरहेको जानकारी दिए। 

निगमले यो महिनालाई करिब ५० मेट्रिक टन ग्यासको पीडीओ जारी गरेको छ। जसमा २२ तारिखसम्म करिब ३२ देखि ३३ मेट्रिक टन ग्यासको पीडीओ गइसकेको छ। 

अहिले ग्यास खपतका हिसाबले 'अफ सिजन' हो। त्यसले गर्दा अबको केही दिनमा ग्यास आपूर्ति सहज हुने निगमले जनाएको छ। बजारमा ग्यासको अभाव सिर्जना भएकोले वाणिज्य विभाग र निगमले बजार अनुगमन गरिरहेको बताएका छन्। 

आपूर्ति कम भएकोले ग्यासको अर्डर धेरै आएको एभरेष्ट ग्यासका संचालक शिवप्रसाद घिमिरेले बताए। भारतले ग्यास लोड गर्न नदिएकाले अभाव हुन गएको उनको भनाइ छ। अहिले ग्यास आउने क्रम सुरु भएकाले करिब दुई सातामा बजारमा आपूर्ति सहज हुने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन