१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहेमा डिजे बाजा रोक्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु

१४ बैशाख २०७९, बुधबार १०:४७

वैशाख १४, सप्तरी | सप्तरीमा बिहेमा डिजे बाजा रोक्ने विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ।

विवाहमा जन्तीसँगै ल्याइएको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सोमबार राति खडक–४ पन्सेरा टोलमा पासवान र एक समूहबीच विवाहमा डिजे बाजा रोक्ने विषयलाई लिएर कुटाकुट हुँदा पासवान घाइते भएका थिए।

उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पठाएकोमा उपचारको क्रममा बुधबार बिहान करिब १०ः०० बजे उनको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लले जानकारी दिए।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताए। घटनाको विरोधमा स्थानीयले सडक अवरुद्धसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार