१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ

१६ बैशाख २०७९, शुक्रबार ०८:२४

वैशाख १६, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले ल्याइएको सुनसहित पाँचजना पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएको हिमालयन एयरको विमानभित्रबाट दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिबाट विमानमा सरसफाइ गर्ने सुपरभाइजर सप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी र पाँचथर याङवरक गाउँपालिका घर भएका २८ वर्षीय भीमकुमार माबो छन् । 

हिमालयन एयरको विमानभित्र सुनगाभा सप्लायर्स एन्ड सरसफाइ कम्पनीका सरसफाइ कर्मचारी माबो र तामाङले शौचालयभित्रको फोहाेरसँगै रहेको सुनको बिस्कुट बाहिर ल्याएका थिए । दुईजनाले सुन बाँडेर आ-आफ्नो पर्सभित्र लुकाएका थिए ।

विमानस्थलको फलामे गेट भएर उनीहरू बाहिर निस्किन खोजेका थिए । तर, उनीहरूको सामान स्क्यानिङ गर्ने क्रममा माबोले बोकेको पर्सभित्र टेपले बेरिएको सुन नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरीले जनाएको छ । 

उनले एक हजार १६६ ग्रामका १० थान बिस्कुट लुकाएर बाहिर ल्याउन खोजेका थिए । तर, स्क्यानिङको क्रममा बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । तामाङले समेत पर्स भित्र उस्तै गरी एक हजार १६६ ग्राहका १० थान बिस्कुट बोकेका थिए ।  

नियन्त्रणमा लिइएका दुवै जनालाई सोधपुछ गर्ने क्रममा सुन तस्करीमा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । सुन तस्करी प्रकरणमा ट्याक्सी चालकदेखि अन्य सरसफाइमा काम गर्ने कर्मचारीको समेत संलग्नता रहेको पाइएको हो । 

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार