१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छ

१९ बैशाख २०७९, सोमबार ०५:०२

वैशाख १९, न्युयोर्क | तपाईले दैनिक कति मासु खानु हुन्छ ? त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाकाे अतिरिक्त जलवायु परिवर्तनसँग लड्न सहयोग हुने बताएका छन् ।

एउटा नयाँ अध्ययनअनुसार विश्वव्यापीरूपमा मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनसँग लड्न मद्दत गर्न सक्छ ।

यसको मतलब यो होइन कि आफ्नो आहारबाट मासु पूर्णरूपमा हटाउनु पर्छ । बरु, महत्वपूर्ण परिवर्तन आवश्यक छ । मासु व्यवसायले ठूलो वातावरणीय प्रभाव पारेको छ र पछिल्ला दशकहरूमा मानव आहारको आवश्यकताभन्दा धेरै मासुको माग बढेको छ ।

प्रतिवेदनका लेखक तथ बोन विश्वविद्यालयका प्रोफेसर डा मतिन काइमका अनुसार सबै मानिसहरूले युरोपेली वा उत्तर अमेरिकीहरू जत्तिकै मासु उपभोग गर्ने हो भने हामीले निश्चित रूपमा अन्तर्राष्ट्रिय जलवायु लक्ष्यहरू गुमाउनेछौं र धेरै जैविक प्रणालीहरू ध्वस्त हुनेछन् । 

काइमका अनुसार हामीले हाम्रो मासु खपतलाई आधा घटाउनुपर्छ–प्रतिवर्ष २० किलोग्राम वा त्योभन्दा कम । नयाँ अध्ययन एनुअल रिभ्यु अफ रिसोर्स इकोनोमिक्समा प्रकाशित छ । 

उत्तरी अमेरिका, सामुद्रिक र युरोपका धनी देशहरूले प्रतिव्यक्ति सबैभन्दा बढी मासु खपत गर्छन् । 

विश्लेषणअनुसार सन् २०५० सम्म मासुको माग बढिरहनेछ । मासुको अत्यधिक सेवनले स्वास्थ्य समस्या निम्त्याउने तथ्यका बाबजुद पनि यसको माग बढ्दो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार