भदौ १६, रोल्पा । रोल्पा जिल्लामा सवारी दुर्घटनाको मात्रा घटेको छ । जिल्ला ट्राफिक कार्यालय रोल्पाले सञ्चालन गरेको ट्राफिक सचेतीकरण कार्यक्रमका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

अघिल्लो वर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, रोल्पा । रोल्पा जिल्लामा सवारी दुर्घटनाको मात्रा घटेको छ । जिल्ला ट्राफिक कार्यालय रोल्पाले सञ्चालन गरेको ट्राफिक सचेतीकरण कार्यक्रमका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

अघिल्लो वर्ष"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा ट्राफिक सचेतीकरणले ल्यायो दुर्घटनामा कमी

१६ भाद्र २०७३, बिहीबार ०५:४०

भदौ १६, रोल्पा । रोल्पा जिल्लामा सवारी दुर्घटनाको मात्रा घटेको छ । जिल्ला ट्राफिक कार्यालय रोल्पाले सञ्चालन गरेको ट्राफिक सचेतीकरण कार्यक्रमका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

अघिल्लो वर्षको भन्दा गतवर्ष दुर्घटनामा कमी आएको बताइएको छ । अघिल्लो वर्ष भएका २३ दुर्घटनामा ४७ जना प्रभावित भएका थिए, जसअन्तर्गत ६ जनाको मृत्यु, सख्त घाइते १६ र सामान्य घाइते २५ जना रहेका थिए । 

गत वर्ष भएका १९ वटा सवारी दुर्घटनामा प्रभावित हुनेको सङ्ख्या ४१ मा झरेको छ । यसअन्तर्गत मृत्यु सात, सख्त घाइते १२ र सामान्य घाइते २२ जना रहेको प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष दुर्घटना बढेकोे भन्दै विभिन्न विद्यालय, क्लब, चालक, सहचालक, व्यवसायी, यातायात कर्मचारी तथा टोलटोलमा ट्राफिक सचेतीकरण गरिएको थियो । ट्राफिक नियम पालना सम्बन्धमा कडाइका साथ चेकजाँचसमेत गरिएको थियो । 

चेकजाँचका क्रममा तीन हजार १२२ पटक कारबाही गरिएको थियो । यसरी भएको कारबाहीबाट रु नौ लाख तीन हजार ९०० राजस्व सङ्कलन गरिएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष राजस्वसमेत बढी सङ्कलन भएको शर्माले बताउनुभयो । 

दुर्घटना न्यूनीकरणमा सचेतीकरण कार्यक्रम निकै प्रभावकारी भएको भन्दै चालु आवमा समेत त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गरिने योजना रहेको शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या