भदौ १६, रोल्पा । उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा आज तीनजनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ । 

गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, रोल्पा । उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा आज तीनजनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ । 

गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुई"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा १७ बर्षीय किशोरीको जबर्जस्ती विवाह गराउने तीन जना विरुद्ध मुद्दा

२०७३, १६ भाद्र बिहीबार ०५:४७

भदौ १६, रोल्पा । उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा आज तीनजनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ । 

गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुईजना लमी करेटी–३ का लक्ष्मण विक, गैरीगाउँका दीपक परियार र दुलहा रमेशविरुद्ध प्रहरीले आज बालविवाहअन्तर्गत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

गएको साउन २९ गते सुनिता र रमेशबीच सुनिताको मुञ्जुरीबिनै विवाह भई भदौ ११ सम्म उनीहरुसँगै बसेको र परिवारका सदस्यहरु नभएको मौका पारी सुनिता घरबाट भागेर प्रहरीमा उजुरी दिन आएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार केटीको उमेर १७ र केटाको उमेर २४ हो । 

हाल दुईजना लमी र दुलहालाई जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी थुनामा राखिएको छ भने सुनितालाई प्रहरीकै संरक्षणमा सुरक्षित स्थानमा राखिएको छ । बाल विवाहमा संलग्न तीनैजनालाई मुलुकी ऐनअनुसार कारबाही हुने रोल्पाका प्रहरी नाउब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै