भदौ १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ । 

पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ । 

पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्य"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

निकुञ्जका संवेदनशील क्षेत्रमा सिसी क्यामेरा

१६ भाद्र २०७३, बिहीबार ०७:२४

भदौ १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ । 

पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्यामेरा प्रभावकारी देखिएपछि ती संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका हुन् । 

विश्व वन्यजन्तु कोषको आर्थिक सहयोग र नेपाली सेनाको मुख्यालयको प्राविधिक सहयोगमा सिसी क्यामेरा जडान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार सिसी क्यामेराले ती क्षेत्रमा मानिस र वन्यजन्तुको आवागमन अनुगमन गर्न सहज हुने भएको छ । 

निकुञ्ज प्रशासनले कुन कुन ठाउँमा सिसी क्यामेरा रहेको सार्वजनिक भने गरेको छैन । सोलारमार्फत सिसी क्यामेरा चार्ज हुने गरी जडान गरिएको कँडेलले बताउनुभयो । यसको अनुगमन निकुञ्जको मुख्य कार्यालय कसरामा राखिएको मनिटरबाट गरिने उहाँले बताउनुभयो । निकुञ्जले सिसी क्यामेरा राखेका क्षेत्र वन्यजन्तुको आवतजावत बढी हुने र चोरीसिकारीको बढी नजर पर्ने स्थानहरु हुन् । 

यसअघि टिकौलीमा १० वटा सिसी क्यामेरा जडान गरेपछि वन्यजन्तुलाई ठक्कर दिने गाडीको पहिचान र शौच कार्यमा कमी आएको छ । वन क्षेत्रमा फोहर फाल्नेहरु पनि निरुत्साहित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव