भदौ १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ । 

पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ । 

पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्य"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

निकुञ्जका संवेदनशील क्षेत्रमा सिसी क्यामेरा

२०७३, १६ भाद्र बिहीबार ०७:२४

भदौ १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ । 

पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्यामेरा प्रभावकारी देखिएपछि ती संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका हुन् । 

विश्व वन्यजन्तु कोषको आर्थिक सहयोग र नेपाली सेनाको मुख्यालयको प्राविधिक सहयोगमा सिसी क्यामेरा जडान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार सिसी क्यामेराले ती क्षेत्रमा मानिस र वन्यजन्तुको आवागमन अनुगमन गर्न सहज हुने भएको छ । 

निकुञ्ज प्रशासनले कुन कुन ठाउँमा सिसी क्यामेरा रहेको सार्वजनिक भने गरेको छैन । सोलारमार्फत सिसी क्यामेरा चार्ज हुने गरी जडान गरिएको कँडेलले बताउनुभयो । यसको अनुगमन निकुञ्जको मुख्य कार्यालय कसरामा राखिएको मनिटरबाट गरिने उहाँले बताउनुभयो । निकुञ्जले सिसी क्यामेरा राखेका क्षेत्र वन्यजन्तुको आवतजावत बढी हुने र चोरीसिकारीको बढी नजर पर्ने स्थानहरु हुन् । 

यसअघि टिकौलीमा १० वटा सिसी क्यामेरा जडान गरेपछि वन्यजन्तुलाई ठक्कर दिने गाडीको पहिचान र शौच कार्यमा कमी आएको छ । वन क्षेत्रमा फोहर फाल्नेहरु पनि निरुत्साहित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै