भदौ १६, पाल्पा । जिल्लाको पश्चिमी क्षेत्रको कुसुमखोलामा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको महत्व बोकेको जलेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, पाल्पा । जिल्लाको पश्चिमी क्षेत्रको कुसुमखोलामा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको महत्व बोकेको जलेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ । 
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओझेलमा पर्यो ऐतिहासिक जलेश्वर महादेवको मन्दिर

१६ भाद्र २०७३, बिहीबार ०८:०१

भदौ १६, पाल्पा । जिल्लाको पश्चिमी क्षेत्रको कुसुमखोलामा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको महत्व बोकेको जलेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ । 

सत्ययुगमा बाल्मिकी ऋषिले तपस्या गर्दा चिम्टाले खनेर पानी निकाली पानीको मुहान नजिक महादेवको मन्दिर स्थापना गरेको धार्मिक विश्वास रहेको यस क्षेत्र प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको हो । 

सदरमुकाम तानसेनदेखि २० किलोमिटर दूरी र समुद्र सतहदेखि एक हजार ८०० मिटर उचाइमा रहेको यस मन्दिरमा सदियौँदेखि अखण्डधुनी हुँदै आएको छ । 

स्थानीयसमाजसेवी सुशील नेपालका अनुसार कुनै समय विशेष अवसरका दिन अत्यन्त भीड हुन्थ्यो तर अहिले प्रचारप्रसारको कमीले गर्दा मन्दिर ओझेलमा प¥यो । धार्मिक हिसाबले मात्र होइन पर्यटकीय हिसाबले पनि यो क्षेत्र उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । 

मन्दिरमा पुरी थरका पुरुषले दैनिक पूजाआजा गर्ने परम्परा भए पनि सरोकारवाला निकायले ध्यान नदिँदा यतिखेर महिलाले पूजा गर्दै आएका छन् । अखण्डधुनी बाल्नुपर्ने भए पनि पुजारीकै बेवास्ताका कारण धेरै दिनसम्म ध्वनी नजगाएकोे स्थानीय भक्तजनको गुनासो छ । 

चार वर्षदेखि निरन्तर रुपमा आफूले पूजा गर्दै आएको मन्दिरकी पुजारी लक्ष्मी पुरीले मन्दिरमा पहिला पुरुष पुजारी भए पनि आफ्नो श्रीमान् व्यापारतिर लागेका कारण पुर्खाले गरेको कार्यलाई आफूले निरन्तरता दिएको बताउनुभयो । 

आफ्नो मनोकांक्षा पूरा भएको खुशीयालीमा पाल्पाबाट मात्र होइन छिमेकी जिल्ला र काठमाडौँबाट शिवरात्रि, सोमबारका दिन दर्शनार्थी आउने गर्दथे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला