भदौ १६, पाल्पा । जिल्लाको पश्चिमी क्षेत्रको कुसुमखोलामा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको महत्व बोकेको जलेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, पाल्पा । जिल्लाको पश्चिमी क्षेत्रको कुसुमखोलामा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको महत्व बोकेको जलेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ । 
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओझेलमा पर्यो ऐतिहासिक जलेश्वर महादेवको मन्दिर

२०७३, १६ भाद्र बिहीबार ०८:०१

भदौ १६, पाल्पा । जिल्लाको पश्चिमी क्षेत्रको कुसुमखोलामा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको महत्व बोकेको जलेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ । 

सत्ययुगमा बाल्मिकी ऋषिले तपस्या गर्दा चिम्टाले खनेर पानी निकाली पानीको मुहान नजिक महादेवको मन्दिर स्थापना गरेको धार्मिक विश्वास रहेको यस क्षेत्र प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको हो । 

सदरमुकाम तानसेनदेखि २० किलोमिटर दूरी र समुद्र सतहदेखि एक हजार ८०० मिटर उचाइमा रहेको यस मन्दिरमा सदियौँदेखि अखण्डधुनी हुँदै आएको छ । 

स्थानीयसमाजसेवी सुशील नेपालका अनुसार कुनै समय विशेष अवसरका दिन अत्यन्त भीड हुन्थ्यो तर अहिले प्रचारप्रसारको कमीले गर्दा मन्दिर ओझेलमा प¥यो । धार्मिक हिसाबले मात्र होइन पर्यटकीय हिसाबले पनि यो क्षेत्र उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । 

मन्दिरमा पुरी थरका पुरुषले दैनिक पूजाआजा गर्ने परम्परा भए पनि सरोकारवाला निकायले ध्यान नदिँदा यतिखेर महिलाले पूजा गर्दै आएका छन् । अखण्डधुनी बाल्नुपर्ने भए पनि पुजारीकै बेवास्ताका कारण धेरै दिनसम्म ध्वनी नजगाएकोे स्थानीय भक्तजनको गुनासो छ । 

चार वर्षदेखि निरन्तर रुपमा आफूले पूजा गर्दै आएको मन्दिरकी पुजारी लक्ष्मी पुरीले मन्दिरमा पहिला पुरुष पुजारी भए पनि आफ्नो श्रीमान् व्यापारतिर लागेका कारण पुर्खाले गरेको कार्यलाई आफूले निरन्तरता दिएको बताउनुभयो । 

आफ्नो मनोकांक्षा पूरा भएको खुशीयालीमा पाल्पाबाट मात्र होइन छिमेकी जिल्ला र काठमाडौँबाट शिवरात्रि, सोमबारका दिन दर्शनार्थी आउने गर्दथे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ