१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडी पठाएर मतदाता ओसारपसार गर्दै दलहरू

२८ बैशाख २०७९, बुधबार ०८:०९

वैशाख २८, काठमाडौँ | काभ्रे पाँचखाल घर भएका उमेश पराजुली आज बिहानै घरतिर लागे । उनीसहित सात जनाको टोलीलाई लिन पाँचखालबाट नेपाली कांग्रेस पार्टीले गाडीको व्यवस्था गरेको रहेछ । कांग्रेसले आफ्ना मतदाताभन्दा कांग्रेसप्रति आस्था राख्ने र जिल्ला बाहिर रहेका मतदातालाई लिन यसरी गाडीको व्यवस्था गरेको छ । 

उनी अब मत दिएर मात्रै काठमाडौं फर्किनेछन् । काठमाडौंको असनमा कपडाको व्यापार गर्दै आएका उनको पसल पाँच दिनका लागि बन्द हुनेछ । ‘पाँच वर्षमा एक पटक मतदान गर्ने अवसर जुरेको छ । त्यसमा पनि आफ्नै नजिकको दाई उठ्नु भएको छ । उहाँले गाडीको व्यवस्था पनि गरिदिनुभयो,’ पराजुलीले भने ।

उनी जस्ता सयौँ मतदाताले विभिन्न राजनीतिक दलले पठाएका गाडी प्रयाेग गरी अहिले काठमाडौंलगायत सहरी क्षेत्र छोडिरहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो चौबिस घण्टामा ६९ हजार ८१ जनाले काठमाडौं छोडेका छन् । जबकी सामान्यतया दैनिक २५ देखि ३० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका थिए । त्यही हाराहारीमा काठमाडौं भित्रिने समेत थिए । तर, अहिले पछिल्लो चौबिस घण्टामा ४२ हजार ८३२ जना काठमाडौं भित्रिएका छन् । 

Avatar

हिजो र आज काठमाडौंबाट बाहिरिनेको संख्या निकै बढेको छ । भोट हाल्न आफ्नो क्षेत्रमा जान लागेका धेरै मतदातालाई राजनीतिक दलले गाडीको व्यवस्था गर्दै आएका छन् । 

नेकपा एमाले दार्चुला–काठमाडौं सम्पर्क मञ्चले ११ बसमा मतदाता तथा एमाले सुभचिन्तकहरूलाई दार्चुला लग्यो । मतदाता तथा एमालेका शुभचिन्तकहरूलाई मञ्चले नै गाडी बुकिङ गरेर दार्चुला पुर्‍याएको थियो । 

यसरी राजनीतिक दलहरूले गाडीको व्यवस्था गरेर आ–आफ्नो क्षेत्रमा लैजाने व्यवस्था मिलाइरहेका छन् । कोही भने आफै टिकट काटेर पनि घरतिर गइरहेका छन् । जसले गर्दा गोगंबुस्थित नयाँ बसपार्कमा औषतमा पछिल्ला दिनहरूमा टिकटको बिक्री बढ्दो क्रममा छ । 

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा यात्रुको भिड बाक्लो छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी संजिव शर्मा दासका अनुसार अहिले उपत्यका छोड्नेको संख्या निकै बढी छ । त्यस्तै कार्यव्यस्ताताका कारण बाहिर रहेका तर, घर काठमाडौंमा रहेकाहरू काठमाडौं फर्किने क्रम पनि बढ्दो रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार