१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमन्त्री बस्नेत सवार गाडी एम्बुलेन्सँग ठोक्किदा नौ जना घाइते

२९ बैशाख २०७९, बिहीबार १३:११

वैशाख २९, काठमाडौं | दाङमा बिहीबार दिउँसो पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेत सवार गाडी एम्बुलेन्ससँग ठोक्किएको छ । दुई वटा गाडी ठोक्किएर भएको दुर्घटनामा बस्नेतसहित नौ जना घाइते भएका छन् ।  

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको पूर्व सामान्य प्रशासनमन्त्री बस्नेत सवार बा८च ६९२५ नम्बरको बोलेरो र तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किएका थिए ।

बिहीबार दिउँसो साढे दुई बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राना गाउँमा बोलेरो र एम्बुलेन्स ठोक्किएको इलाका प्रहरी कार्यालय तुसलीपुरले जनाएको छ ।

बस्नेतको टाउको र पछाडिको गर्दनमा गाडीको सीसाले काटेर चोट लागेको छ । सबै घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

दुर्घटनामा परी बोलेरो चालक सल्यानको बाघचौर नगरपालिका वडा नम्बर ७ का २८ वर्षीय रमेश वली, बाघचौर–८ का ५७ वर्षीय नेता बस्नेत, कपुरकोट गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय महेश घर्ती, एम्बुलेन्स चालक रूकुम पश्चिमको बाफीकोट गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय कालिभान खत्री, सोही ठाउँका ७६ वर्षीय डिलु खत्री, मुसिकोट नगरपालिका–५ का २१ सुवास शर्मा, सोही ठाउँका ३२ वर्षीय शम्भुप्रसाद शर्मा, सोही ठाउँका ४२ वर्षीय श्यामप्रसाद शर्मा र सोही ठाउँकै २६ वर्षीया राधिका शर्मा घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार