२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

१०० मतपत्र भनिएको पेटिकामा १२० मत भेटिएपछि भीमदत्तमा गणना रोकियो

२०७९, १ जेष्ठ आईतवार ०८:०१

जेठ १, कञ्चनपुर | भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना रोकिएको हो । 

सत्तारूढ दलहरूले सत्ताको चरम दुरुपयोग गरेको भन्दै वडा नम्बर २ मा पुनः निर्वाचन गर्नुपर्ने माग गरेका छन् । नेकपा एमाले, राप्रपालगायतका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पुनः निर्वाचनको माग गरेका हुन् ।

भीमदत्तमा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका महेश पन्तले वडा नम्बर २ मा पुनः निर्वाचन नहुँदासम्म अन्य वडाको मत गणनामा सहभागी नहुने बताए । 

राज्यशक्तिको दुरूपयोग गर्दै जनमतको अपमान गर्ने काम भएको भन्दै उनले पुनः निर्वाचन हुनुपर्ने माग गरेका हुन् । वडा नम्बर १ को मत गणना भने भइसकेको थियो ।

जसमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका आशेफ कुँवर निर्वाचन भएका छन् । विवादपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा राजनीतिक दल, निर्वाचन कार्यालयका अधिकारी, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका अधिकारी सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै