भदौ १७, रोल्पा । गाउँपालिकाको केन्द्रबारे विवाद भएपछि जिनाबाङ गाविसमा स्थानीयवासीले तीनदिनदेखि तालाबन्दी गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, रोल्पा । गाउँपालिकाको केन्द्रबारे विवाद भएपछि जिनाबाङ गाविसमा स्थानीयवासीले तीनदिनदेखि तालाबन्दी गरेका छन् । 
६ माघ २०८२, सोमबार
रोल्पा - RLP

तीन दिनदेखि रोल्पाको जिनाबाङ गाविस कार्यालयमा तालाबन्दी

१७ भाद्र २०७३, शुक्रबार १०:०१

भदौ १७, रोल्पा । गाउँपालिकाको केन्द्रबारे विवाद भएपछि जिनाबाङ गाविसमा स्थानीयवासीले तीनदिनदेखि तालाबन्दी गरेका छन् । 

घर्तीगाउँलाई गाउँपालिकाको केन्द्र बनाएको विरोधमा जिनाबाङ गाविसका बासिन्दाले तालाबन्दी गरेका हुन् । भौगोलिक विकटतालाई ध्यानमा राखी गाउँपालिकाको केन्द्र नतोकिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । “नक्साको आधारमा कोरिएको गाउँपालिकाको केन्द्रको निर्णय स्वीकार्य छैन”–स्थानीय देवराज ओलीले भन्नुभयो । 

तालाबन्दीपछि गाविस कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ । माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने स्थानीयवासीले बताएका छन् । 

जिनाबाङ, घर्तीगाउँ, तालाबाङ, राँक, ओत, पाखापानी गाविस मिलाएर गाउँपालिका बनाउँदा त्यसको केन्द्र ओतको राङ्जीबाङ बनाउनुपर्ने तथा जिनाबाङ, राँक, ओत, पाखापानी मिलाउँदा केन्द्र जिनाबाङ बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ । 

आन्दोलनलाई निरन्तरता दिन नौ सदस्यीय संर्घष समिति गठन गरिएको छ । राजनीतिक दलका जिल्लास्थित प्रतिनिधिले नागरिकको भावना विपरीत केन्द्र निर्धारण गरेको स्थानीयवासी मिश्रीप्रसाद डाँगीले आरोप लगाउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या