राम नारायण पंडित/भदौ १७, सिरहा । सिरहाको मिर्चैयामा आज संयुक्त रुपमा बजार अनुगमन गरिएको छ । 

जिल्ला प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/भदौ १७, सिरहा । सिरहाको मिर्चैयामा आज संयुक्त रुपमा बजार अनुगमन गरिएको छ । 

जिल्ला प्र"/>

३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा बजार अनुगमन, म्याद गुज्रेका समान नियन्त्रणमा लिईयो

१७ भाद्र २०७३, शुक्रबार १०:२१

राम नारायण पंडित/भदौ १७, सिरहा । सिरहाको मिर्चैयामा आज संयुक्त रुपमा बजार अनुगमन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय सिरहाको शाखा अधिकृत पवन गुप्ताको संयोजनमा गरिएको बजार अनुगमनको क्रममा मिर्चैयामा रहेको बिभिन्न पसलहरुबाट म्याद गुज्रेका सैयौ बोतल पेयपदार्थहरु नियन्त्रणमा लिईएको छ । 

अनुगमन टोलीले मिर्चैयाको आरती कोल्ड स्टोर, एम.एस. डिपार्टमेन्ट स्टोर, बिग बजार डिपार्टमेन्ट स्टोर, शिवानी कोल्ड स्टोर, भवानी कोल्ड स्टोर र चौधरी कोल्ड स्टोरमा अनुगमन गरी करीब ५ सय बोतल फेन्टा, स्लाईस, कोक लगायतका पेयपदार्थहरु नियन्त्रणमा लिईएको छ । खास गरेर पेयपदार्थको म्याद गुज्रेको नगुज्रेको भनी अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाको शाखा अधिकृत गुप्ताले बताए । उ

क्त क्रममा केहि राजनिवास र गुमती पनि फेला परेकोले नियन्त्रणमा लिईएको उनले थपे । नियन्त्रणमा लिईएको समानहरुलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाईएको छ । उक्त समानहरुलाई स्थानिय व्यापारी, सम्बन्धित सरोकारबाला र पत्रकारको रहोबरमा नष्ट गरिने अनुगमन टोलीले बताए ।  

अनुगमन टोलीमा खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयका खाद्य निरिक्षक श्रृजन जोशी, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रतिनिधि राजेन्द्र लाल कर्ण, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक बेद पौडेल, ईलाका प्रशासन कार्यालय लहान, सशस्त्र प्रहरी सिमा सुरक्षा बल मिर्चैया, व्यापार संघ मिर्चैयाका प्रतिनिधि लगायतका सहभागिता रहेको थियो । 

यता, अनुगमन टोली आएको जानकारी पाएको पाएपछि केहि पसलेहरु पसल बन्द गरि फरार भएका थिए । सिरहाको लहान, गोलबजार, मिर्चैया, बन्दिपुर लगायतका स्थानहरुमा सरोकारबालाहरुको कमिकजारीले म्याद गुज्रेका मात्र नभई चर्को मुल्यमा सरसमानहरु बिक्री भईरहेको बताईएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो