भदौ १८, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रका लागि भवन निर्माण थालिएको छ । 

रु एक करोड ९० लाख १६ हजार ४३६ को लागतमा सो भवनको निर्माण थालिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रका लागि भवन निर्माण थालिएको छ । 

रु एक करोड ९० लाख १६ हजार ४३६ को लागतमा सो भवनको निर्माण थालिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिन"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रको भवन निर्माण कार्य सुरु

२०७३, १८ भाद्र शनिबार ०७:५१

भदौ १८, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रका लागि भवन निर्माण थालिएको छ । 

रु एक करोड ९० लाख १६ हजार ४३६ को लागतमा सो भवनको निर्माण थालिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । 

निर्माणकार्य सम्पन्न गर्नका लागि खानी निर्माण सेवा बानेश्वर काठमाडौँसँग २०७३ साल जेठ ३१ गते सम्झौता भएको भए पनि लगातारको वर्षातका कारण निर्धारित समयमा काम सञ्चालन गर्न नसकिएको निर्माण कम्पनीका प्रतिनिधि विनोद वलीले जानकारी दिनुभयो । 

सुरुवातमा केही ढिला भए पनि निर्धारित समय भन्दा छिटो भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ वलीले भन्नुभयो । हाल जिल्लामा महिला तथा बालबालिकाको सुरक्षाका लागि जिल्लामा कुनै किसिमको व्यवस्था नहुँदा उनीहरु विरुद्ध घटेका अपराध अनुसन्धान अध्ययन तथा विश्लेषण गर्न अत्यन्त असजिलो भएको छ । उ

नीहरु विरुद्धका अपराध जघन्य अपराध भएको हुँदा त्यस्ता घटनाका पीडितले सहज रुपमा न्याय पाउन सहज वातावरण सिर्जना होस् भन्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र निर्देशनालयले आवश्यक ठानी जिप्रका रोल्पामा भवन निर्माण गर्न लागिएको हो । 

दुई वर्षअघि नेपाल सरकार, नेपाल प्रहरी र एसियाली विकास बैंककोबीचमा भवन निर्माणका लागि सम्झौता भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै