भदौ १८, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रका लागि भवन निर्माण थालिएको छ । 

रु एक करोड ९० लाख १६ हजार ४३६ को लागतमा सो भवनको निर्माण थालिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रका लागि भवन निर्माण थालिएको छ । 

रु एक करोड ९० लाख १६ हजार ४३६ को लागतमा सो भवनको निर्माण थालिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिन"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रको भवन निर्माण कार्य सुरु

१८ भाद्र २०७३, शनिबार ०७:५१

भदौ १८, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रका लागि भवन निर्माण थालिएको छ । 

रु एक करोड ९० लाख १६ हजार ४३६ को लागतमा सो भवनको निर्माण थालिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । 

निर्माणकार्य सम्पन्न गर्नका लागि खानी निर्माण सेवा बानेश्वर काठमाडौँसँग २०७३ साल जेठ ३१ गते सम्झौता भएको भए पनि लगातारको वर्षातका कारण निर्धारित समयमा काम सञ्चालन गर्न नसकिएको निर्माण कम्पनीका प्रतिनिधि विनोद वलीले जानकारी दिनुभयो । 

सुरुवातमा केही ढिला भए पनि निर्धारित समय भन्दा छिटो भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ वलीले भन्नुभयो । हाल जिल्लामा महिला तथा बालबालिकाको सुरक्षाका लागि जिल्लामा कुनै किसिमको व्यवस्था नहुँदा उनीहरु विरुद्ध घटेका अपराध अनुसन्धान अध्ययन तथा विश्लेषण गर्न अत्यन्त असजिलो भएको छ । उ

नीहरु विरुद्धका अपराध जघन्य अपराध भएको हुँदा त्यस्ता घटनाका पीडितले सहज रुपमा न्याय पाउन सहज वातावरण सिर्जना होस् भन्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र निर्देशनालयले आवश्यक ठानी जिप्रका रोल्पामा भवन निर्माण गर्न लागिएको हो । 

दुई वर्षअघि नेपाल सरकार, नेपाल प्रहरी र एसियाली विकास बैंककोबीचमा भवन निर्माणका लागि सम्झौता भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या