२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरको कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा

२०७९, ९ जेष्ठ सोमबार ०८:२५

जेठ ९, काठमाडौँ | ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

सोमबार पदबहाली गर्दै लामाले पहिलो निर्णयको रुपमा  ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनका अनुसार प्रत्येक वडाको सिफारिसमा गाउँपालिकावासी वृद्धवृद्धा,अशक्त र सुत्केरी बिरामीलाई काठमाडौँ उपत्यकाभित्रका अस्पतालमा ल्याउन लान गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले अध्यक्ष कृष्णमान लामा,उपाध्यक्ष राजनप्रसाद घिमिरे तथा सबै वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । अध्यक्ष लामाले गत ६ जेठ शुक्रबार नै जिल्ला न्यायाधीशबाट शपथ ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै