२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सबै वडाबासीको विद्युत महशुल आफैले तिरिदिने वडा अध्यक्षकाे घाेषणा

२०७९, ९ जेष्ठ सोमबार १०:१७

जेठ ९, बैतडी | पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घाेषणा गरेका हुन् । 


सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् । 


वडा अध्यक्षले परिश्रमिक नलिने र साे रकम वडाबासीकाे विद्युत महशुलमा खर्च  गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । उनले भने, 'हाम्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन् । उनीहरूको मासिक न्युनतम महशुल बुझाइ दिने निर्णय भएको छ । यसरी मासिक करिब १३ हजार पाँच सय रकम हुन्छ । उक्त रकम अध्यक्षको तलबबाट तिर्न समस्या हुँदैन् ।'विद्युत महशुल वडाअध्यक्षले तिरिदिने भएपछि स्थानीय  खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा