१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाली सिलिण्डर बोकेर उपभोक्ता मुख्यमन्त्री कार्यालय पुगेपछि…..

१० जेष्ठ २०७९, मंगलवार ०८:११

जेठ १०, विराटनगर | इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मुल्यवृद्धिको उपभोक्ता तहबाटै विरोध सुरु भएको छ । विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अगाडि उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा मुल्यवृद्धिविरुद्ध ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरिएको छ ।

उपभोक्तावादी संस्थाले प्रदेश १ को मुख्यमन्त्री कार्यालयको अगाडि खाली सिलिण्डर ग्यास प्रदर्शन गरेर विराेध गरेका हुन् । महँगी र भष्टाचार नियन्त्रण गर्नु पर्ने, पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, प्रदेश सरकारनागरिकको पक्षमा नबोलेर सुतेको लगायतका नारा लेखिएको प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालय अगाडि बसेर उपभोक्ताहरूले खाली सिलिण्डर प्रदर्शन गरेका हुन् ।


नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्याधिक मूल्यवृद्धि गरेपछि उपभोक्ता महँगीको मारमा परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गरेपनि प्रदेश सरकारले हेरेर मात्रै बसेकोले मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिलण्डर राखेर विराेध गर्नु परेको बताए । ‘पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनु पर्छ, उनले भने, जनतालाई महँगीमा पारेर भ्रष्टाचार मौलाएको छ, यसलाई नागरिकले सहेर बस्दैनन् ।’

आजदेखि शुरु भएको मूल्यवृद्धि विरुद्धको आन्दोलन निरन्तर चल्ने उपभोक्तावादी संस्थाले बताएका छन् । प्रदर्शनमा नागरिक समाज, विवेकशील साझा पार्टी लगायतको समर्थन छ । नागरिकले थेग्नै नसक्नेगरि मूल्यवृद्धि हुँदा पनि ठूला भनिएका दलका नेता, कुनै संगठनहरू चुईक्क समेत नबोलेकोमा उपभोक्ताले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने