रवि पाण्डे/भदौ १८, नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब"/>
रवि पाण्डे/भदौ १८, नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब"/>
रवि पाण्डे/भदौ १८, नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब्यवसायी राजेन्द्र सुनारका परिवारले दिंवगत छोरा शौरभको जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् । गवत छोराको ११ औं जन्मदिनको स्मृतिमा सुनार परिवारले सिद्धार्थ बाल गृह भैरहवाका बालबालिकाहरुलाई शनिवार सहयोग गरेका हुन् । सुनार परिवारले स्वर्गीय छोराको स्मृति गर्दै बालगृहका २८ जना बालबालिकाहरुलाई आफ्नै हातले पकाएर पोषणयुक्त खाना समेत खुवाएका थिए । बालगृहका अनाथ बालबालिकाहरुको रोजाई अनुसार उनीहरुलाई आफैले खाना बनाएर खुवाएको सुनारले जानकारी दिए । तीजको दर खुवाउने दिनमा भएको सो कार्यक्रमबाट बालबालिकाहरु खुसी भएका थिए । उनीहरुले अनाथ बालबालिकालाइृ खाना खुवाउनुका साथै दाल तेल र ग्यास समेत बाल गृहलाई सहयोग गरेका थिए । बर्दघाटका युवा ब्यवसायी सुनार परिवारले बालगृहलाई ३० हजार रुपैया बराबरको आर्थिक खर्चका थिए । सुनार त्रिवेणी सामुदायिक टेलिभिजनका कोषाध्यक्ष समेत रहेका छन् ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
दिंवगत छोराको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार