२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिक्तेल गोलीकाण्ड: शरीरभरि गोलीका डोव बोकेर हिँड्न विवश छन् दिपनारायण र दिपेन्द्र

२०७९, १३ जेष्ठ शुक्रबार ०८:२५

जेठ १३, खोटाङ | १३ जेठ २०५८ मा लाउडा विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा मागेर एमाले र जनमोर्चाका नेता तथा कार्यकर्ताले दिक्तेलमा मसाल जुलुस निकाले । जुलुसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका-२ खार्ताम्छाका प्रताप राई पनि सहभागी थिए ।

दिक्तेल बजारको त्रिबेणीचोक र हाटडाँडाको बीच बाटैमा पर्छ । लाउडा प्रकरणविरुद्ध उतारिएको मसाल जुलुस त्रिवेणीचोक, जिल्ला प्रहरी कार्यालय अगाडि हुँदै हाटडाँडा पुगेर पुःन त्रिवेणीचोकतर्फ फर्कँदै थियो । जिल्ला प्रहरी कार्यालय अगाडि आइपुगेको जुलुसमाथि प्रहरीले अन्धाधुन्ध गोली चलायो । मसाल जुलुस छिनभरमै तितरवितर भए । ज्यान जोगाउन सबैको भागाभाग भयो ।


अन्धाधुन्ध चलाएको गोलीले लाग्दा दिपनारायण, दिपेन्द्र, विद्यामनी र प्रताप राई घाइते भए । दिपेन्द्रको दुवै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लाग्याे । गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाछिया बनेको छ । उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ । दिपनारायणको खुट्टामा पनि गोलीका डोव देखिन्छ ।  

घट्नाका बेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनीतिमा संलग्न थिए । त्यसबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए । घाइतेमध्ये दिपनारायण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर हुन् । प्रतापको मृत्यु भइसकेको छ । लाउडा बिमान खरिद प्रकरणमा भएको अनियमितताविरुद्ध विरोधमा उत्रिएको जुलुसमाथि गोली चलाइएको त्यही घट्नालाई जिल्लामा दिक्तेल गोलीकाण्डका रूपमा चिन्ने गरिन्छ । 

दिपेन्द्र उपचारका क्रममा ३६ दिन अस्पतालमा बेड भर्ना भए । उपचारकै लागि ६ महिना काठमाडाैं बसे । चोट निको हुन तीन वर्षसम्म अस्पताल धाएर फलोअप र चेकअप गर्नु पर्‍यो । दिपनारायण पनि काठमाडाैमा तीन महिना उपचारमा बसे र निको भएर फर्किएका थिए ।

दिपनारायण र दिपेन्द्रले हरेक वर्षको १३ जेठमा आफू घाइते भएको तस्बिर सामाजिक सञ्जालमा राखेर घट्नाको सम्झना गर्दै न्यायोचित छानबिन नभएको बताउने गरेका छन् । लाउडा प्रकरणमा भएको अनियमितताविरुद्ध आवाज उठाउने क्रममा गोली खाइए पनि दोषीलाई कारबाही नभएकोमा घाइतेहरू असन्तुष्ट छन् । ‘हामीले देश र जनताकै लागि लडेको हो । तर न दोषीलाई कारबाही भयो, न राज्यले हामीलाई क्षतिपूर्ति दियो,’ दिपेन्द्रले भने, ‘पार्टीले पनि हामीजस्तालाई नै अन्याय गरेको छ । अवसर वा लाभका पदमा हामीलाई बिर्सने काम भएको छ ।’ 

लाउडा प्रकरणमा संलग्न दोषीमाथि कारबाही माग गर्दै आवाज उठाइए, गोली थापिए तर सो प्रकरण क्रमशः सेलाउँदै गयाे । त्यही प्रकरणबाट शरीरभरि गोलीका डोव बोकेर हिँडिरहँदा घाइतेलाई सन्तुष्टि मिल्ने वा गर्व गर्ने ठाउँ प्राप्त नभएको दिपनारायण बताउँछन् । लाउडा प्रकरणका घाइतेलाई माओवादी केन्द्रले २३औं जनयुद्ध दिवसको अवसर पारेर १ फागुन ०७४ मा सम्मान गरेको थियो । त्यो सम्मानबाहेक घाइतेले केही पाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण