२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा एलपी ग्यास बोकेको बुलेटमा आगलागी

१३ जेष्ठ २०७९, शुक्रबार ०९:१८

जेठ १३, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा तीन दिनदेखि रोकिराखेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । बुलटेको अगाडिको भाग र पांग्रा जलेर नष्ट भए पनि ग्यास भने सुरक्षित छ ।


आज दिउँसो करिब १२ः५० बजेको समयमा युपी १७ए टी८६२७ नम्बरको बुलेटमा आगलागी भएको हो । भरतपुर महानगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो । बुलेटमा लागेको आगोले बिजुलीको तार तातेर लत्रिएपछि एउटा पोल सडकमा ढलेको थियो ।

पोल हटाएर बाटो सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त नरहरि अधिकारीले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।

उक्त ग्यास बुलेट भारतको उडिसास्थित पैरवी ग्यास कम्पनीबाट धादिङस्थित श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आएको उनले बताए । बुलेटको ब्रेक फेल भएपछि सडक छेउमा रोकेर राखिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा