२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१३ जेष्ठ २०७९, शुक्रबार १०:०६

जेठ १३, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा ठूलो रकम हिनामिना गरेको पाइएपछि अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनामाथि आरोप–पत्र दायर –  Dhangadhi Khabar

अख्तियारे मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव राज जोशी, तत्कालीन इन्जिनियर पुर्ण कुँवर, तत्कालिन सब–इन्जिनियर भक्तराज जोशी, तत्कालीन सब–इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर बिष्ट र निर्माण व्यवसायी सन्तोष जोशी रहेका छन् ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसँग ४२ लाख ५३१ रुपैयाँ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव राज जोशीसँग ६ लाख ६८ हजार २२० रुपैयाँ, तत्कालिन इन्जिनियर पुर्ण कुँवरसँग ४८ लाख ७८ हजार ७५१ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर भक्तराज जोशीसँग २७ लाख ५८ हजार ४३२ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाहीसँग २१ लाख २० हजार ३१९ रुपैयाँ र निर्माण व्यवसायी सन्तोष जोशीसँग ३७ लाख ९८ हजार ९४५ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान