भदौ १९, इनरुवा । सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ ।
इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको"/>
इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको"/>
भदौ १९, इनरुवा । सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ । इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ नंको एम्बुलेन्स एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सिरहा गोलबजार–१ निवासी २७ वर्षीय आनन्द श्रेष्ठ र बिरामी सिरहा–१० का ३० वर्षीय सरोज यादवको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सन्तोष यादव, शिवगणेश यादव, सञ्जित यादव, पपु यादव लगायतका चारजना गम्भीर घाइते भएका छन् । घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार