२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देही बस दुर्घटना : जसले बसको सिसा फोडेर ज्यान बचाए

२२ जेष्ठ २०७९, आईतवार ०७:२४

जेठ २२, भैरहवा | भैरहवा–नवलपरासी सडकखण्डमा रात्रिकालिन यात्रुवाहक बस दुर्घटनामा दुईजनाले बसको झ्यालको सिसा फोडेर आफ्नो ज्यान जोगाएका छन् । बसमा ३३ जना सवार थिए । जसमध्ये दुई जना बाराको सिमरा नगरपालिका १३ का १८ वर्षीय रोहन चौधरी र धनुषाको हंसपुर नपा–३ का मुफिद मन्सुरी थिए ।

एक्कासी बस तेर्सो पर्यो र नदीमा खस्यो । निद्रामा रहेका उनीहरुले बस पुलको रेलिङमा ठोक्किएर नदीमा खस्दै गर्दा ब्युँझिए । बस ठूलो आवाजमा नदीमा खस्यो । बसमा रुवाबासी चल्यो । तर, उनीहरुले बसको सिसा फोडे र बाहिर निस्के ।


‘मेरो छेउमा एकजना साथी थियो, उसले र मैले बसको सिसा फोडेर बाहिर निस्क्यौं,' दुर्घटनामा घाइते भएर भैरहवास्थित भीम अस्पतालमा उपचाररत चौधरीले भने, ‘हामीदुई साथी सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकाल्यौं।’

उनको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ । ‘सिसा फोडेर बाहिर निस्किएपछि शरीरले काम नगरे जस्तो भयो, अनि नदी छेउको बगरमा बालुवामा म, साथी र ती सानो बालक पल्टियौं,' उनले भने,' त्यसपछि तत्काल प्रहरी आएर उद्धार गरेर अस्पताल ल्याएको हो ।’

उनले छेउको साथीको नाम भने थाहा नभएको बताए । उनले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी नभएको जनाए ।

‘बसमा सबैजसो यात्रु सुतेका थिए, त्यसैले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी भएन । तर, बस खस्दै गर्दा धेरै मानिसहरु चिच्याएका थिए,' उनले भने । बुटवलको एक ग्यारेजमा काम गर्दै आएका धनुषाका मन्सुरी घरबाट बुटवल जानका लागि आएका हुन् । बसको अन्तिम सिटमा बसेर आएका उनले पनि सिसा फोडेर आफ्नो ज्यान जोगाएको बताए ।

‘दुर्घटना पछि बसमा रुवाबासी थियो, मैले हतार–हतार सिसा फोडे र बाहिर निस्केर बालुवामा पल्टिएँ, प्रहरी आएर अस्पताल ल्याए,' उनले भने । मन्सुरीको पनि भीम अस्पतालमा उपचार भइरहेको छ । निद्रामा भएकाले बस दुर्घटना पर्नुको कारण थाहा नभएको उनले सुनाए । मन्सुरीको पनि हात, खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ ।

पश्चिम नेपाल प्रालिको लु २ ख ३८४१ नम्बरको उक्त यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अहिलेसम्म ६ जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा रुपन्देहीको तिलोत्तमा नपा २ योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, तिलोत्तमा नपा ८ का ३७ वर्षीया तुल्सी बस्याल, बुटवल उपमनपा–११ कालिकानगरका कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४ मटेरियाका ६५ वर्षीय राजेन्द्र प्रसाद पाण्डे, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास, र भारत जनकपुरग्रामका ४० वर्षीय अरबिन्द्र शर्मा रहेको प्रहरीले जनाएको छ ।

बस आइतबार बिहान ४:२० बजे भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमाना स्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जना मध्ये २५ पुरुष, ६ महिला र दुई बालबालिका थिए । 

दुर्घटनामा घाइते भएका २४ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की