२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेतमा चार दिनदेखि हराइरहेकी बालिका मृत अवस्थामा फेला

२०७९, २४ जेष्ठ मंगलवार १०:४४

जेठ २४, सुर्खेत | चार दिनदेखि हराइरहेकी एक बालिकाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो ।

शुक्रबादेखि हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ ।बालिकाको शव मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताए ।

दुई दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा फेला – Sajha Post

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको सुरक्षा निकायको टिम पनि घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भयरहेको प्रहरीको भनाइ छ ।

गुर्भाकोट नगरपालिका-५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् ।

बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उनका बुवा मजदुरीका लागि भारत गएका छन् । आमाको भने पहिले नै मैत्यु भइसकेको छ ।

२१ गते हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन् ।

आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि नभेटिएपछि सोमबारमात्रै प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल