विमल धामी/भदौ २०,बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आज सोमवार दशौँ रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/भदौ २०,बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आज सोमवार दशौँ रा"/>
१ माघ २०८२, बुधबार
कन्चनपुर - KNC

बेल्डाँडीमा दशौँ राष्ट्रिय मानव बेचविखन रोकथाम दिवस

२० भाद्र २०७३, सोमबार ११:४३

विमल धामी/भदौ २०,बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आज सोमवार दशौँ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस धुमधामका साथ मनाईएको छ ।

“एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने मुल नाराका साथ दशौँ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस मनाईएको बेल्डाँडी नगर स्तरिय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिले जनाएको छ । बेल्डाँडी नगर स्तरिय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिका महिला सदस्य सरस्वती शाहीले भने बेल्डाँडी नगरपालिका भारत संग जोडिएको खुल्ला सिमाका कारण यहाँ बेचविनका कृयाकलाप हुनसक्ने हुनाले यहाँका नागरिकलाई सचेत गराउने उदेश्यले कार्यक्रम गरेको बताए । 

सहभागी सिर्जन शिल रेडियो श्रोता समुहकी सुपारी चौधरीले भने भने मानव तस्करले तस्करी गरेर बेल्डाँडीको बाटो प्रयोग गरी सिमा काट्न सक्ने हुनाले यहाँका एकएक नागरिकले सजक र सचेत हुनुपर्नेमा जोड दिएका थिए । 

हामीले पटक पटक यस्ता घटना घटेको सुनेकाछौँ त्यसैले हामीले सावधानी अपनाउनु पर्नेमा जोड दिएकाछौँ । बेल्डाँडी नगरपालिका देखी निकालीएको ¥यालीले बेल्डाँडी बजार परिक्रमण गरि नगरपालिकाको प्राङ्गणमा  कोणसभामा परिणत भएको थियो । 

बेल्डाँडी नगर स्तरिय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिको आयोजनामा सप्तरंी महिला कृषि सहकारी संस्थाको सहयोगमा उत्त कार्यक्रम संचालन गरिएको समितिले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो