भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइने भएको छ । 

बाल सञ्जाल सिसहनियाँको आयोजनामा सोमवार सिसहनियाँ गाविसमा विषयगत संघ संस्थाहरु सँग भएको छलफल कार्यक्रमले विविध प्रतियोगितात्मक कार्यक्रमको आयोजना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइने भएको छ । 

बाल सञ्जाल सिसहनियाँको आयोजनामा सोमवार सिसहनियाँ गाविसमा विषयगत संघ संस्थाहरु सँग भएको छलफल कार्यक्रमले विविध प्रतियोगितात्मक कार्यक्रमको आयोजना "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा राष्ट्रिय बाल दिवस मनाइने

२०७३, २० भाद्र सोमबार १२:२३

भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइने भएको छ । 

बाल सञ्जाल सिसहनियाँको आयोजनामा सोमवार सिसहनियाँ गाविसमा विषयगत संघ संस्थाहरु सँग भएको छलफल कार्यक्रमले विविध प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरि बाल दिवस मनाउने निर्णय गरेको हो ।

बाल सञ्जालका अध्यक्ष बसन्तप्रसाद भण्डारीको अध्यक्षता एवम् गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रमले ¥याली, चम्चा दौड, कुर्सी दौड, सोलो साइकल दौड र नृत्य प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।

साथै छलफल कार्यक्रमले गाविस सचिव मंगलप्रसाद चौधरीको संयोजकत्वमा ८ सदस्यीय कार्यक्रम मुल आयोजक समिति समेत गठन गरेको छ । जसका सदस्यहरुमा सर्वोदय उच्च माविबाट हंशराज चौधरी, महिला सञ्जालबाट जगदम्बा चौधरी, युवा सञ्जालबाट गौरीशंकर पाण्डे, बाल सञ्जालबाट बसन्तप्रसाद भण्डारी, सञ्चारकर्मीबाट ओमप्रकाश गुप्ता, सामाजिक परिचालकबाट विष्णुमाया चौधरी र गाविसका कार्यालय साहायक सरिता चौधरी रहेका छन् । 

त्यसैगरी छलफलले कार्यक्रमलाई व्यवस्थीत र प्रभावकारी बनाउन जिम्मेवारी समेत बाँडफाँड गरेको छ । जस अनुसार सञ्जु चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, ओमप्रकाश गुप्ताको संयोजकत्वमा प्रचार प्रसार समिति र संन्ध्या बेल्वासेको संयोजकत्वमा जलपान समिति समेत गठन गरी जिम्मेवारी तोकेको छ । बैठकको सहजीकरण सामाजिक परिचालक विष्णुमाया चौधरीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार