भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइने भएको छ । 

बाल सञ्जाल सिसहनियाँको आयोजनामा सोमवार सिसहनियाँ गाविसमा विषयगत संघ संस्थाहरु सँग भएको छलफल कार्यक्रमले विविध प्रतियोगितात्मक कार्यक्रमको आयोजना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइने भएको छ । 

बाल सञ्जाल सिसहनियाँको आयोजनामा सोमवार सिसहनियाँ गाविसमा विषयगत संघ संस्थाहरु सँग भएको छलफल कार्यक्रमले विविध प्रतियोगितात्मक कार्यक्रमको आयोजना "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा राष्ट्रिय बाल दिवस मनाइने

२० भाद्र २०७३, सोमबार १२:२३

भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइने भएको छ । 

बाल सञ्जाल सिसहनियाँको आयोजनामा सोमवार सिसहनियाँ गाविसमा विषयगत संघ संस्थाहरु सँग भएको छलफल कार्यक्रमले विविध प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरि बाल दिवस मनाउने निर्णय गरेको हो ।

बाल सञ्जालका अध्यक्ष बसन्तप्रसाद भण्डारीको अध्यक्षता एवम् गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रमले ¥याली, चम्चा दौड, कुर्सी दौड, सोलो साइकल दौड र नृत्य प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।

साथै छलफल कार्यक्रमले गाविस सचिव मंगलप्रसाद चौधरीको संयोजकत्वमा ८ सदस्यीय कार्यक्रम मुल आयोजक समिति समेत गठन गरेको छ । जसका सदस्यहरुमा सर्वोदय उच्च माविबाट हंशराज चौधरी, महिला सञ्जालबाट जगदम्बा चौधरी, युवा सञ्जालबाट गौरीशंकर पाण्डे, बाल सञ्जालबाट बसन्तप्रसाद भण्डारी, सञ्चारकर्मीबाट ओमप्रकाश गुप्ता, सामाजिक परिचालकबाट विष्णुमाया चौधरी र गाविसका कार्यालय साहायक सरिता चौधरी रहेका छन् । 

त्यसैगरी छलफलले कार्यक्रमलाई व्यवस्थीत र प्रभावकारी बनाउन जिम्मेवारी समेत बाँडफाँड गरेको छ । जस अनुसार सञ्जु चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, ओमप्रकाश गुप्ताको संयोजकत्वमा प्रचार प्रसार समिति र संन्ध्या बेल्वासेको संयोजकत्वमा जलपान समिति समेत गठन गरी जिम्मेवारी तोकेको छ । बैठकको सहजीकरण सामाजिक परिचालक विष्णुमाया चौधरीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव