२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मनसुन सुरु भएसँगै खोटाङमा बन्यो विपद प्रतिकार्य योजना

२०७९, २८ जेष्ठ शनिबार ०६:२४

जेठ २८, खोटाङ | मनसुनको सिजन सुरु भएसँगै खोटाङमा विपदपूर्व  तथा प्रतिकार्य योजना बनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले मनसुनपुर्व  तयारी तथा प्रतिकार्य योजना तय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले विपद्को समयमा विपद् प्रभावितको खोज, उद्धार तथा राहत वितरणका लागि सबै सरकारी तथा गैर–सरकारी क्षेत्रबाट तयारी गर्ने, राहत वितरणलाई एकद्धार प्रणालीबाट सञ्चान गर्ने निर्णय गरेको छ । 

यस्तै, खोटाङका १० वटै स्थानीय तहले विपदको समयमा प्रयोग हुने स्ट्रेचर, बाल्टी, डोरी, सेफ्टी हेलमेट, बन्चरो, आँसी हसियाँ, गैंती, कोदालाे, बेल्चा, हातखुट्टाको काम्रो, हातेआरी, लिभर, घन, टर्चलाइट, हेडलाईट, सिठ्ठी, प्राथमिक उपचार सामग्रीलगायतका खोज तथा उद्धारका सामग्री व्यवस्थापन गर्ने, तार, जाली, त्रिपाल, खाद्य सामग्रीको मौज्दात राख्न अनुरोध गर्ने निर्णय गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

 बैठकले आपतकालीन अवस्थामा विपद् प्रभावितको आश्रय स्थल तथा पुर्वाधार आवश्यक भए तयार गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने, सबै सुरक्षा निकाय तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राख्ने, विपद्को समयमा स्थानीय स्तरमा उपलव्ध सरकारी, गैर–सरकारी, निजी यातायातका साधन, यन्त्र र सरसामान कानुन बमोजम नियन्त्रणमा लिएर प्रयोग गर्ने निर्णय गरेको छ । 

यस्तै, विपदको समयमा खाद्यान्नको अभाव हुने भएकाले उद्योग वाणिजय संघको अग्रसरतामा खाद्य पदार्थको मौज्दातको व्यवस्था मिलाउने, जल तथा मौसम विज्ञान विभागको वेवसाइट नियमित अवलोकन गरी सबै निकाय तयारी अवस्थामा रहने, महिला, वालबालिका, ज्येष्ठ नागरिक तथा अपांगताका कारण उच्च जोखिममा रहेका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने, विपदको समयमा खोज उद्धारको कार्य गर्दा महिला हिंसाजन्य घटना हुन नदिन सम्वद्ध सबै पक्ष तथा निकायबाट सजग रहने, विपदको कारण हुने महामारी तथा फैलन सक्ने सरुवा रोगविरुद्ध आवश्यक पर्ने औषधि तथा अन्य उपकरण सम्वन्धित स्थानीय तहले तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । 

मनसुनको सुरुवातसँगै मध्यपहाडी लोकमार्ग अवरुद्ध हुनसक्ने भएकाले त्यस्तो अवस्थामा आ–आफ्नो निकायबाट आ–आफ्नो कार्यक्षेत्रभित्र लोकमार्ग अवरुद्ध हुन नदिन आवश्यक मेसिन, औजार तथा जनशक्ति व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने र लोकमार्ग अवरुद्ध हुनासाथ तत्काल लोकमार्ग खुलाउन आवश्यक कार्य गर्ने निर्णय गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ । विपद प्रभावित क्षेत्रमा रहेका असुरक्षित भौतिक संरचना सम्वन्धीत पक्षलाई भत्काउन लगाउने तथा त्यस्ता क्षेत्रमा रहेका प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तर सम्वन्धित भौतिक संरचनाको धनीले नभत्काए निजबाटै हर्जना लिनेगरी सुरक्षा निकायमार्फत व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले जिल्ला प्रशासन कार्यालयले तयार पारेको मनसुनपुर्व तयारी तथा प्रतिकार्ययोजना २०७९ अनुमोदन गर्दै कार्यान्वयन गर्ने, दिक्तेल बजारमा बिहान ९.३० बजेदेखि १० बजेसम्म र दिउँसो ३.३० बजेदेखि ४.३० बजेसम्म सवारी चापलाई नियन्त्रण गर्ने, बाँदर, दुम्सीलगायतका वन्यजन्तुको यथोचित समाधानका लागि विपद् व्यवस्थापन प्रधिकरणसमक्ष आग्रह गर्ने निर्णय भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै