नन्दराम जैशी/भदौ २०, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ २०, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पक्राउ परेका ६ लुटेरा सहित हातहतियार सार्वजानिक

२० भाद्र २०७३, सोमबार १२:४७


नन्दराम जैशी/भदौ २०, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्न स्थानमा पक्राउ परेका लुटेरा सहित हातहतियार सार्वजानिक गरेको छ ।

लुटेराको विगविगी भइरहेको गुनासो वढेपछि कडन सर्च अप्रेशन शुरु गरी यस अघि लुटेरा पक्राउ गरीएको थियो । अभियान अन्तर्गत प्रहरीले हतियार सहित ६ जना लुटेरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले आज गरेको पत्रकार सम्मेलन मार्फत लुटपाटका घटनामा संलग्न अभियुक्त र उनीहरुले बोकेका हातहतियार सार्वजनिक गरीएको हो ।          

 सार्वजानिक गरीएको बिवरण अनुसार भदौ २५ गते बुम्रमाडीचौर गाविसको ३ नेउरीघाटाट अत्याधुनिक हतियार एसएमजी एक नाल, यसको गोली ७ राउण्ड, चाइनिज पेस्तोल १ थान, सोहि पेस्तोलको गोली ३ राउण्ड, ७२, हजार ७ सय ८६ रुपैया नगद, चिनियाँ मुद्रा ४१ सय, ४ थान मोवाइल सेट र ५ वटा झोला रहेका थिए । 

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायब उपरीक्षक विष्णुहरी कोइरालाले पक्राउ पर्ने ५ जनामा जुम्ला गज्र्यांकोट ३ का ३० वर्षीय धिरबहादुर परियार, धापा ६ का ३३ वर्षीय अशोक तिरुवा, मुगु कोडवाडा गाविस–८ का ३१ वर्षीय दलबहादुर कार्की, मुगु जिमा ३ का २५ वर्र्षीया गोबिन्द टमाटा र जुम्ला मालिकाठाटा गाविस–४ का ३२ वर्षीय मुनबहादुर बोहोरा रहेको जानकारी दिनुभयो । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको उहाले बताउनुभयो । 

पक्राउ परेकाहरुले  साउन र भदौ महिनामा यार्सा सङ्कलनका लागि गएको मानिसहरु स्थानीय तथा चीनबाट आउने व्यापारीलाई लक्षित गरी लुटपाट गर्ने गरेको स्वीकार गरेका छन् । डाका चोरीमा संलग्न अन्य व्यक्तिको पहिचान भइसकेको र उनीहरुको खोजविन जारी रहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताउनुभयो । 

उनीहरु नेकपा माओवादीका पूर्व लडाकु हुन सक्ने आशंका गरिएको छ । विगत एक महिनायता जुम्ला र मुगु जिल्लाको सिमानामा विभिन्न वडा एरियाहरुमा हतियार धारी डाँका समुहले डाका चोरी गर्ने गरेको घटना नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा तयार पारिएको सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी कडन सर्च थालिएको हो ।

यस्तै प्रहरीले गत साउन ४ गते पटमारा गाविस–३ उर्थूदेखि जुम्ला सदरमुकाम आउने वाटोमा डिल्लीचौर गाविस ७ बस्ने अगंबहादुर रावत सहितका ११ जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुबाट ३ सय ३३ केजी वनलसुन वरामद गरेर जिल्ला वन कार्यालयमा वुझाइएको प्रहरीले जनाएको छ । 

यसअघि भदौ १ गते राति पातारासी गाविस–३ बस्ने पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर बुढाको घरबाट छ÷सात जनाको समुहले हातहतियार देखाई ६ लाख ९४ हजार र लत्तकपडा, भाँडाकुँडा, डाँका चोरी गरेको सूचनाका आधारमा प्रहरीले पातारासी–३ का चन्द्रबहादुर ऐडी र श्रीबहादुर वुढाको घरबाट एक नाल भरुवा वन्दुक सहित युएसए लेखिएको चक्कु बरामद गरेको थियो ।   

उनीहरुलाई डाँका र हातहतियार मुद्दामा अदालतमा मुद्दा चलाएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनुभयो । त्यस्तै जुम्ला विमानस्थलमा प्रहरीको गस्ती टोलिलाई लक्षित गरी पेस्तोल पड्काएको भन्दै पेस्तोल सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । 

जुम्लामा पछिल्लो समयमा लुटेराका क्रियाकलापले आजित बनेका स्थानीयलाई प्रहरीले सुरक्षाको महसुस गराउन थालेको छ । स्थानीयले सही समयमा सूचना दिएर सहयोग गरे डाका समुहलाई नियन्त्रणमा लिई सुरक्षा दिन सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव