वीरगन्ज | भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका हुन्। उनको साथबाट ११३ वटा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वीरगन्ज | भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका हुन्। उनको साथबाट ११३ वटा क"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट ल्याइएको ११३ वटा कछुवासहित एक जना पक्राउ

३० जेष्ठ २०७९, सोमबार ११:१२

जेठ ३०, वीरगन्ज | भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका हुन्। उनको साथबाट ११३ वटा कछुवा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सोमबार बिहान साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँको बाटो हुँदै आएका उनलाई ११३ वटा कछुवासहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।

विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बीआर ०५ ए एफ ०५८३ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा ११३ वटा कछुवा फेला परेको खनालले बताए।

कछुवासहित पक्राउ परेका टेमानीलाई वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर