२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिमेकीको कुटाइबाट एक जनाको मृत्यु

२०७९, ३ असार शुक्रबार ०६:०२

असार ३, काठमाडौं | पर्साको पकहाँमैनपुर गाउँपालिकामा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । पकाहामैनपुर–१ धोरे बस्ने ६५ वर्षीय दशैं महराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार अनुसार गएराति ११:२० बजेतिर महरा र छिमेकी महेश राम बिच झगडा भएको थियो । केही दिन अघि महेश रामको घरमा एक पुरूष पसेको विषयमा दुवै घरका महिला सदस्यबीच विवाद भएको थियो । त्यसैमा दशैं र महेश पनि मिसिन पुगेका थिए ।

विवादले उग्र रुप लिएपछि महेश रामले दशैंको टाउकोमा लाठीले हानेका थिए । लाठी प्रहारबाट बेहोस भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो । उपचारको क्रममा दशैं महराको गएराति १ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पर्साकै छिपरमाई गाउँपालिका २ टिहुकी बस्ने ३२ वर्षीय अर्जुन राम, महेश रामको श्रीमति ५२ वर्षीया रम्बा देबीलाई पक्राउ गरेको हो । कुटपिट गर्ने महेश राम फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला