२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

मापदण्ड विपरित सञ्चालित स्वीमीङ पुलको सेवा बन्द

२०७९, ४ असार शनिबार ०५:५६

असार ४, भैरहवा | मापदण्डमै नरही स्वीमिङ पुल सञ्चालनपछि प्रशासनले भैरहवास्थित पौवा होटलको स्वीमीङ पुलको सेवा बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय  सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो । केही दिनकै फरक डुबेर मृत्यु हुने दोहोरिएपछि तत्कालका लागि स्वीमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका छन । होटलबाट कुनेै पनि प्रकारको सुरक्षा  र बचावको काम नभएको भन्दै आक्रोशित  परिवारले यस्ता घटना दोहोरिन नदिनका लागि सबै स्वीमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा  ल्याउनु पर्ने माग गरेका छन । 'सकिन्छ भने मापदण्ड पुरा गरेर चलाउ हैन भने कसैको ज्यानसँग खेलवाड गर्न पाइदैन, पैसा कमाउने लोभमा अकालमा २ जनाको ज्यान जानु सानो कुरा होइन',  आक्रोशित परिवारले भने ।  

'नाममात्रै को सेफटी गार्ड थियो, स्वीमिङ पुल संचालन भए सम्म तालिम प्राप्त गार्ड र प्राविधिक हुनु पर्छ त्यस्तो केही पनि होटलले राखेको छैन । २० दिन अगाडि पनि होटलमा सोही प्रकृतिको घटना घटेको थियो । तर, होटलले घटना हुदा पनि अझै सम्म सुधार गरेको छैन',मृतकका मामा पंकज उदासले भने । 

मृतक तुलाधार परिवारको एक मात्र छोरा थिए, उनी ३ दिनअघि मात्रै स्वीमिङ सिक्नका लागि मेम्बरसीप लिएका थिए । प्रशिक्षण दिन नसक्ने होटलले मेम्बरसीप लिएर विना प्रशिक्षक स्वाीमिङ पुल चलाइरहेको थियो । समयमा उद्धार नभएकोले भान्जा गुमाउनु परेको उदासले बताए । 

मृतकको शव हाल भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार होटल सञ्चालक र प्रहरीबीच छलफल जारी छ । 

सिद्धार्थनगर  नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले २० वर्षका लागि बाल उद्यान सञ्चालन गर्ने भनी समझौता गरेको छ, समझौतामा बाल उद्यान भनिएपनि सम्झौता विपरित करोडौंको संरचना बनाएर बाल उद्यानको साटो होटल सञ्चालन गरिएको छ ।  

यता पौवा होटलका प्रबन्धक विष्णु भण्डारीले घटना हुदा ३ जना सेफटी गार्ड रहेको बताए । एक जना सानो स्वीमिङमा र २ जना ठूलो स्वीमिङ पुलमा थिए, उनीहरुलाई हामीले नै तालिम दिएर राखेका छौ । 

होटलका संचालक तथा कम्पनिका अध्यक्ष हरि थापाले अब मापदण्डमा आएर मात्रै स्वाीमिङ पुल संचलन गर्ने बताए, जब मापदण्ड पुरा हुन्छ अनि मात्रै चलाउछौ होइन भने चलाउदैनौ । घटना घटेकोमा हामी पनि दुखी छौ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा