रोशन पोख्रेल/भदौ २१, मोरङ । विराटनगर १३ तिनटोलिया स्थित एक घरको कोठामा मारेर बोरामा हालेको अवस्थामा एक युबकको शव फेला परेको छ ।
बोरामा हालेको अवस्थामा भेटिएको शव बिराटनगर १३ मा रहेको अक्फोर्ड होस्टेलका संचालक २९ बर्षीय बिनोद यादबको रहेको प्रहरीले जनाएको छ । घर मालिकओमकार श्रेष्ठ विराटनगर बाहिर भएको अवस्थामा भेटिएको शंकास्पद शवबारे प्रहरीले घटनास्थलमा मुचुल्का उठाएको छ ।
शरीरको बिभिन्न अंग काटिएको अवस्थामा यादबको शव फेला परेको छ । उनीहरु करिब ५ दिन आगाडी मात्रै त्यस घरमा भाडामा बस्न आएको बताइएको छ । डेरामा बस्ने व्यक्तिले हत्या गरि गाडी मगाएर शव लुकाउन खोज्दा ड्राइभरले प्रहरीलाई खबर गरेको बिशेष श्रोतले बताएको छ ।
अहिले २ युवालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने शवको पोष्टमार्टमाका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले हनाएको छ ।