२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अविवाहित महिलाले दाङको जेलमा बच्चा जन्माउँदा बालुवाटारसम्म तरंग

१० असार २०७९, शुक्रबार १०:१०

असार १०, काठमाडौं | दाङको जेलमा परेकी ३७ वर्षीया महिलाले बच्चा जन्माएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म तरङ्ग आएको छ । बच्चा जन्मनु सामान्य विषय भएपनि तरङ्ग आउनुमा भने बच्चाको सम्बन्ध डडेलधुरासम्म जोडिनुले हो ।


डडेलधुराका एकजना प्रभावशाली काँग्रेस नेतासँग आफ्नो सम्बन्ध रहेको र बच्चा बसेको महिलाले बताएकी छिन् । ३७ वर्षीया महिलाले शनिबार राप्ती प्रादेशिक अस्पतालमा छोरा जन्माएपनि बच्चाको बाबु बारे चासो हुँदा डडेलधुराका काँग्रेस नेताको नाम लिएकी थिइन् ।

दाङको लालमटियास्थित लघुवित्तमा रकम हिनामिनाको अभियोगमा महिला कारागार चलान गरिएकी हुन् । उच्च अदालत तुलसीपुरले उनीमाथि रकम हिनामिनाको ठहर गर्दै ३० लाख धरौटी राख्न आदेश दिएको थियो । रकम तिर्न नसकेपछि महिला गर्भधारण गरेकै अवस्थामा जेल पुगिन् ।

२८ जेठमा कारागार चलान गरिएकी उनले ४ असारमा राप्ती प्रादेशिक अस्पतालमा छोरालाई जन्म दिइन् । बच्चाको बाबुबारे खोजविन हुँदा डडेलधुरास्थित काँग्रेसका नेताको नाम भनिन् । कामको सिलसिलामा फेसबुकमा चिनजान भई विवाह प्रस्ताव गरेपछि काठमाडौंमा पुगी होटलमा सँगै बसेको बताएकी छिन् । गर्भ रहेपछि बच्चा फाल्न दबाब दिन थालेपनि नमानेको महिलाको दाबी छ ।

बच्चा पाउन समय पुगकी महिला जेल परेपछि डडेलधुराका ती नेता निकै तनावमा थिए । उनले आफूले ती महिलालाई नचिनेको दाबी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने