भदौ २२, काठमाडौं । सोमबार राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौं । सोमबार राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालक"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

टिचिङ अस्पतालबाट हाम फालेका विजयले यस्तो ‘सुसाइड नोट’ लेखेका रहेछन !

२२ भाद्र २०७३, बुधबार ०५:३५

भदौ २२, काठमाडौं । सोमबार राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालकै ३ तलामाथिबाट हाम फालेर आत्महत्या गरे ।

दोलखा घर भएका विजय मिर्गौला विग्रिएपछि शिक्षण अस्पतालमा उपचाररत थिए । अस्पतालको झ्यालबाट हाम फालेर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको अस्पतालले बताएको छ । मृतक लामाको मंगलबार नै शिक्षण अस्पतालमा पोस्टमार्टम समेत गरियो ।

खोजतालसकै क्रममा उनले अस्पतालको झ्यालबाट हामफाल्नु अघि लेखेको 'सुसाइड नोट' भेटिएको छ । आफूमा बाँच्ने आशा मरिसकेकाले आत्महत्याको बाटो रोजेको लामाले सुसाइड नोटमा लेखेका छन् । आमालाई सम्बोधन गरेर लेखेको मर्मस्पर्शी 'सुसाइड नोट' यस्तो छ ।

'ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुवा र हजुर आमा कहाँ लैजानु होला ।' त्यसैगरी अग्रेंजीमा आफ्ना बुवालाई भनेका छन्, 'ड्याड लभ भेरी मच । अर्को जुनी लिएर भेट हुनेछ ।'

विपन्न परिवारका विजयले आफ्नो उपचारका धेरै पैसा खर्च हुने भएपछि जीवनदेखि निराश बन्दै आत्महत्याको बाटो रोज्न बाध्य भएको 'सुसाइड नोट'बाट प्रष्ट भएको छ । 

मन्त्री र राष्ट्रपतिलाई उपचारका लागि करोडौं रकम छेलोखेलो गराउन सक्ने सरकारले विजयजस्ता युवाहरुलाई यसैगरी मारिरहेको छ । सायद राज्यले गरेको यो अन्याय कुनै कठघरामा उभिने पनि छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव