भदौ २२, काठमाडौं । सोमबार राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौं । सोमबार राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालक"/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

टिचिङ अस्पतालबाट हाम फालेका विजयले यस्तो ‘सुसाइड नोट’ लेखेका रहेछन !

२०७३, २२ भाद्र बुधबार ०५:३५

भदौ २२, काठमाडौं । सोमबार राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालकै ३ तलामाथिबाट हाम फालेर आत्महत्या गरे ।

दोलखा घर भएका विजय मिर्गौला विग्रिएपछि शिक्षण अस्पतालमा उपचाररत थिए । अस्पतालको झ्यालबाट हाम फालेर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको अस्पतालले बताएको छ । मृतक लामाको मंगलबार नै शिक्षण अस्पतालमा पोस्टमार्टम समेत गरियो ।

खोजतालसकै क्रममा उनले अस्पतालको झ्यालबाट हामफाल्नु अघि लेखेको 'सुसाइड नोट' भेटिएको छ । आफूमा बाँच्ने आशा मरिसकेकाले आत्महत्याको बाटो रोजेको लामाले सुसाइड नोटमा लेखेका छन् । आमालाई सम्बोधन गरेर लेखेको मर्मस्पर्शी 'सुसाइड नोट' यस्तो छ ।

'ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुवा र हजुर आमा कहाँ लैजानु होला ।' त्यसैगरी अग्रेंजीमा आफ्ना बुवालाई भनेका छन्, 'ड्याड लभ भेरी मच । अर्को जुनी लिएर भेट हुनेछ ।'

विपन्न परिवारका विजयले आफ्नो उपचारका धेरै पैसा खर्च हुने भएपछि जीवनदेखि निराश बन्दै आत्महत्याको बाटो रोज्न बाध्य भएको 'सुसाइड नोट'बाट प्रष्ट भएको छ । 

मन्त्री र राष्ट्रपतिलाई उपचारका लागि करोडौं रकम छेलोखेलो गराउन सक्ने सरकारले विजयजस्ता युवाहरुलाई यसैगरी मारिरहेको छ । सायद राज्यले गरेको यो अन्याय कुनै कठघरामा उभिने पनि छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित