२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किशोरीको मृत्युको कारण फरक समुदायका केटासँगको प्रेम सम्बन्ध

१७ असार २०७९, शुक्रबार ०७:०२

असार १७, काठमाडौँ | पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरमा १५ असारको राती १० बजेतिर किशोरीको शव गोप्य ढंगले जलाउँदै गरेको भन्ने खबर प्रहरीमा आयो । 

मृतक किशोरी श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी  थिइन्। किशोरीले घरमै विष सेवन गरेर आत्महत्या गरेको सूचना प्रहरीसम्म आइपुगेको थियो । तर प्रहरीलाई मात्रै हैन, गाउँलेलाई समेत खबर नगरी परिवारले घाटमा लगेर शव जलाएका थिए । घटना शंकास्पद देखिएपछि नजिकैको प्रहरी चौकी महुवनबाटे तत्काल टोली खटियो ।

हतार हतार ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीको टोली पनि मसानघाट पुग्यो । पौने ११ बजेतिर मसानघाट पुग्दा चितामा आगो दन्किरहेको थियो, मलामी गएका सबै प्रहरीलाई देखेर भागे ।

प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार शवको घाँटी भन्दा माथि र खुट्टातिरको भाग जलिसकेको छ । ‘असार १५ गते दिनभरी जस्तै पानी परेको थियो, राति पनि आकाशमा बादल लागेको थियो’, उनले भने, ‘पानी परे पनि आगो ननिभोस भनी शव जलाउन चिनी हाल्ने, पेट्रोल छर्कने जस्ता उपाय अपनाइएको रहेछ ।’

प्रहरी टोलीलचितामा बल्दै गरेको दाउरा बासको सहायताले हटायो । जल्न बाँकी शव मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइयो । प्रहरीले शव लैजान प्रयोग गरिएका र मलामी गएका चढेका ना ४२ प ७६९७ र ना २१ प ६८७ नम्बरका मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार घर परिवारका पुरुष सबै अहिलेसम्म वेपत्ता छन् । विश्रापुर छपकैयाबाट १८ वर्षीया युवतीसहित मृतक किशोरीका आमा ४० वर्षीया आशा देवी, ठूली आमा ५० वर्षीया उर्मिला देवीलाई असार १६ गते नै पक्राउ गरेको छ ।


उनीहरु विरुद्ध पर्सा जिल्ला अदालतमा ज्यान मार्ने कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको छ । अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद अनुमति दिएको प्रहरीले जनाएको छ ।

विष सेवन गरेर छटपटिँदै थिइन्, परिवारले उपचारका लागि अस्पताल लगेनन

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक किशोरीको गाउँकै फरक धर्म मान्ने एउटा केटासँग प्रेम सम्बन्ध रहेको तथ्य खुलेको छ । केटाले मृतक किशोरीलाई मोबाइल उपहार दिएका थिए । त्यसैको माध्यमबाट उनीहरुबीच नियमित तर लुकिछिपी कुराकानी हुने गरेको थियो ।

किशोरीकी दिदीमार्फत अभिभावकले यसबारेमा जानकारी पाए, त्यसपछि मोबाइल खोस्नुको साथै उनीमाथि कुटपीट समेत भयो । ‘तँ कतै जान पाउँदिनस’ भनेर उनलाई घरमै थुनेर राखियो ।

घरबाट बाहिर जान बन्देजमा परेकी उनले परिवारका सदस्यकै मोबाइलबाट सुटुक्क कुराकानी गरेर घरको स्थिति बारे केटालाई बताइन् । ३/४ दिन अघि मात्रै केटा उनलाई भेट्न घर नजिकै आएका थिए । लुकिछिपी भेटघाट गर्दै गरेको अवस्थामा उनीहरु समातिए ।

तर ती केटा आफू केटीको प्रेमीको साथी भएको र अवस्था बुझ्न आएको भनेर फुत्किए । किशोरीलाई घरपरिवारका सदस्यहरूले निर्घात कुटपिट गरे । घरबाट बाहिर आउन–जानमा झन कडाइ गरियो ।

मृतककी दिदीले प्रहरीमा दिएको बयान अनुसार घटनाको दिन असार १५ गते उनले आफ्नै पसलमा बिक्री गर्न राखिएको बिषादी खाएकी थिइन् । परिवारका सदस्यले विषादी खाएको जानकारी पाएका पनि थिए । तर उपचार गर्न लगेनन् ।

‘बहिनीले पानी खाएको खाएकै गरिरहेकी थिइ, उल्टी पनि भइरहेको थियो । विष खाइ भनेर बुवालाई खबर ग¥र्यौ’, प्रहरीको बयानमा मृतककी दिदीले भनिन्, ‘बुबाले कसैलाई नभन्नु म आउँदैछु भनेर भन्नुभयो । तर बुवा आइपुग्दा बहिनीको प्राण गइसकेको थियो ।’ उनका बयान अनुसार कोठामा थुनेर राखेका कारण ती किशोरीको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।

त्यसपछि परिवारका सदस्यहरू मिली योजना बनाई कोही कसैलाई थाहा नदिई मोटरसाईकलमा राखेर शवलाई ढोङ्गी खोलाको किनारस्थित मसानघाटमा लगेर जलाएका थिए ।

फरक समुदायको किशोरसँग प्रेम सम्बन्ध रहेको आधारमा किशोरीलाई पटक पटक निर्घात कुटपिट गर्नु, विष सेवन गरिसकेको थाहा हुँदा हुँदै अस्पताल नलगी घरमै थुनेर राख्नु, गुपचुप ढंगले शव जलाउनु लगायतका कारणले प्रहरीले घटना आत्महत्या नभएर हत्या नै भएको हुन सक्ने शंका गरेको छ । र गम्भीर ढंगले अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक उमेश बस्नेतले घटना शंकास्पद रहेको भन्दै भने, ‘विष खाएर आत्महत्या गरेकी हुन कि मारिएको हो अनुसन्धान हुँदैछ ।’ अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो