भदौ २२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज&nb"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

वन्यजन्तु असुरक्षित भएपछि निकुञ्ज आसपासका होटलको निगरानी

२२ भाद्र २०७३, बुधबार ११:२३

भदौ २२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रमामा दुर्लभ वन्यजन्तु असुरक्षित हुन थालेपछि चितवन निकुञ्जले निगरानी थालेको छ । 

जिल्लाको पश्चिम मेघौलीको एक होटलका कर्मचारीको लापर्बाहीका कारण करेन्ट लागेर दुर्लभ एक सिङ्गे गैँडा मरेपछि निकुञ्जले होटलको निगरानी थालेको हो । निकुञ्ज आसपास पश्चिम क्षेत्रमा सुविधायुक्त दर्जनौँ होटल खुलेका छन् । 

चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराइ अगाडि यही साउन २४ गते डुङ्गा बनाउने क्रममा छाडिएको करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो । सो घटनामा निकुञ्जले पक्राउ गरेका नौ जनामध्ये अदालतको आदेशअनुसार दुई भारतीयसहित चार जना पुर्पक्षका लागि थुनामा छन् । 

“हामीले होटलको कडा निगरानी थालिसकेका छौँ, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भन्नुभयो– “होटलको अनुगमन गरेर हरेक गतिविधि जानकारी लिने तयारी समेत भएको छ ।” 

वन, वन्यजन्तु र जैविक विविधताका विरुद्धका कुनै पनि गतिविधि भए कारबाहीको दायरामा ल्याउने गरी अनुगमन हुने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

निकुञ्ज नजिक मध्यवर्तीसँग जोडिएको पश्चिम क्षेत्रमा मेघौली सेराइ, कसरा रिसोर्ट, गोलाघाट रिसोर्ट, टाईगर ल्यान्ड, जङ्गल भिल्ला, सफारी नारायणी, इको वाइल्डलाइफ रिसोर्ट, मचान प्याराडाइज, राइनो रिसोर्ट, सेन्ट्रल पाम जङ्गल रिसोर्ट, होटल बाराहीलगायत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का