२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होटलमा सँगै बसेका युवकको हत्या गरेँ भन्दै जब महिलाले प्रहरी बोलाउन लाइन्

२०७९, २० असार सोमबार ०८:३४

असार २०, सिन्धुली | सिन्धुली प्रहरीले कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका-६ लोकतान्त्रिक चोकस्थित डाँफे होटलमा आइतबार आएर सँगै बसेका युवकको हत्या आरोपमा घ्याङलेख गाउँपालिका-३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ पक्राउ परेकी हुन् ।

कमलामाई-६ धुराका सुमन विक मृत भेटिएपछि प्रहरीले थिङलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार विकले अर्डर गरेको चार आनाको सुनको गहना लिन थिङलाई बोलाएका थिए । आइतबार बिहान ९ बजे नै होटलको कोठा बुक भएको थियो । राति १० बजेसम्म दुवैजना सामान्य देखिएपनि साढे ११ बजे महिलाले ‘मैले केटाको हत्या गरेँ प्रहरीलाई बोलाउनुस्’ भन्दै होटलका कर्मचारीलाई खबर गरेकी थिइन् ।

‘सुरुमा बोतलले टाउकोमा हानेको देखिन्छ । त्यसपछि सलले घाँटी कसेको बुझिएको छ’, अनुसन्धानमा खटिएक एक अधिकारीले भने । प्रहरीका अनुसार दुवैजना विवाहित हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै