भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतको पातिखोलाले ६ घर बगायो (फोटोफिचर)

२३ भाद्र २०७३, बिहीबार ०८:०५


भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ । 

यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार बिहान तीन बजेको समयमा आएको बाढीले देउपुर–९ का ६ घर बगाएको हो । बाढीले देउपुर–९ का सुन्दर बिक, अन्तरे बिक, कालु बिक, प्रेमप्रसाद चापागाई र बाजुङ्ग–१ का मनबहादुर पौडेलको घर र मिल बगाएको छ । 


त्यस्तै पातिखोला किनारमा रहेका सयौ रोपनीमा रहेको धानखेती समेत खोलाले बगरमा परिणत गरेको छ । बाजुङ ज्यामिरेमा समेत घर खोलाको विचमा राखेर पातिखोला दुई छेउबाट बगेको खबर छ । पातिखोला खासपासका खेत गत बर्षदेखिनै खोलाले कटान गर्दै आइरहेको थियो ।

मानबहादुर पौडेललेको तोरी पेल्ने मेल खोलाले बगाएको र अन्य मेललाई डोरी लगाएर राखिएको बुझिएको छ । बाजुङ पातिचौरमा रहेका मनबहादुर पौडेल सहित तीन जनाको घर खतरामा रहेको बुझिएको छ । 


अहिले प्रहरी र नेपाली सेना उक्त क्षेत्रमा अनुगमन तथा उद्धार कार्यको लागि गएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बाढी पसेपछि देउराली गाबिस–६ मा रहेको एक मेघावाट क्षमताको पातीखोला विद्युत केन्द्रमा पनि क्षति पुगेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का