२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ वर्षीय पुरुषलाई होटलमा बन्धक बनाई ७ लाख फिरौती माग, ६ जना पक्राउ

११ श्रावण २०७९, बुधबार ०७:३३

साउन ११, दाङ । दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका–७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका–६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुवँर र तुलसीपुर उपमहानगरपालिका–७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् । 

प्रहरीका अनुसार सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउन आग्रह गरेकी थिइन् । 

केही समयपछि लिलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश–०१–२५ च ८७२९ नम्बरको गाडीमा राखेका थिए । 

त्यसपछि गाडीमा राखेर उनलाई दाङ तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई राखेका थिए । होटलबाट नै उनीहरुले फिरौती माग गरेको खुल्न आएको छ । 

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको गाडी सहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने