साउन १८, चितवन | चितवनको भरतपुर महानगरपालिका–२९ केराबारी मौरीखोलामा गएराती खसेको पहिरो हटाइएको छ ।
पहिरोका कारण गएराती साढे दुई २ बजेदेखि रोकिएका सवारी साधन सुचारु भएको छ ।
गएरातीदेखि रोकिएका सवारी साधन चापमा चलिरहेको चितवन प्रहरीले जनाकारी दिएको छ ।
बर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्डमा पटक पटक पहिरो खस्दा आवागमन प्रभावित हुँदै आएको छ ।