प्रेम सुनार/ भदौ २४, गुल्मी । भदौं २१  पञ्चमीका दिन तिजको राम हेरेर फर्किर्दै घर फर्केका  गुल्मी जैसीथोकका एक युवालाई सात जनाको समुहले मोटरबाटोमा घेराउ गरी निर्घात कुट–पिट गरेको तिन दिन पछि उनको भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/ भदौ २४, गुल्मी । भदौं २१  पञ्चमीका दिन तिजको राम हेरेर फर्किर्दै घर फर्केका  गुल्मी जैसीथोकका एक युवालाई सात जनाको समुहले मोटरबाटोमा घेराउ गरी निर्घात कुट–पिट गरेको तिन दिन पछि उनको भ"/>
२२ मंसिर २०८२, आईतवार
काठमाडौँ - KTM

गुल्मीका एक युवाको बाटोमा कुटपिट, भिरमा शव फेला

२४ भाद्र २०७३, शुक्रबार ०८:४४

प्रेम सुनार/ भदौ २४, गुल्मी । भदौं २१  पञ्चमीका दिन तिजको राम हेरेर फर्किर्दै घर फर्केका  गुल्मी जैसीथोकका एक युवालाई सात जनाको समुहले मोटरबाटोमा घेराउ गरी निर्घात कुट–पिट गरेको तिन दिन पछि उनको भिरमा शव फेला परेको छ ।

   जैसीथोक गाविस वडा नम्वर ४का  ३७ वर्षिय जनक पोखरेलको शव जैसीथोकको छापेखोला भन्ने स्थानको भिरमा  हिजो फेला परेको हो ।

 स्थानिय  सात जना युवाहरुको  आक्रमणमा पर्ने  मृतक पोखरेल र उनका साथी भनिएका मेघराज नेपालीका अनुसार उनिहरु दुई जनालाई  ति ७ जनाले त्यस दिन राती करिव साढे दश वजेको समयमा  घेराउ गरी आक्रमण गरेका थिए ।

   नेपाली भन्छन्–‘मृतक पोखरेल र म मिल्ने साथी थियौं,  हामी पञ्चमीका दिन जैसीथोक–५ को गोलपोलरीमा पञ्जमीका दिन लाग्ने तीजको राम हेरेर घर फर्किदै थियौं , त्यही क्रममा वडा नम्वर ४ को रातामाटाखानी भन्ने स्थानको मोटरबाटोमा ति ७ जनाले एक्कासी आक्रमण गरे ।  उनिहरुको घेरबाट म खुस्केर भाग्न सफल भएँ । साथी पोखरेललाई घेरा भित्र राखेर  निर्घात कुट्दै थिए , त्यस पछि के भयो मैले थाह पाईन् । ’

    ति सात जना भनिएका  युवाहरु एउटै  सामुदायका  जैसीथोक ५ निवासी २१ व्र्षिय शिव नेपाली , १९ वर्षिय अशोक नेपाली, २६ वर्षिय  भोजराज  नेपाली , २० वर्षिय विष्णुबहादुर नेपाली , १४  वर्षिय प्रेम नेपाली र सोही स्थानमा दिदी भेट्न आएका हस्तीचौर –६ ताल्तुङ्ग निवासी २० वर्षिय सन्तोष नेपाली रहेको उनले बताए ।

आज ति सातै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखी उनिहरु संग सोधपुुछ र अनुसन्धान गर्न सुुुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।

  अहिले प्रारिम्भक अनुसन्धान चलिरहेकोले सवै कुरा अहिले नै भन्न नसिकने भन्दै  एसपी रावलले ति ुसात जना विरुद्ध मृतकका भाई सरोज पोखरेलले  किटानी जाहेरी दिएको बताउनु भयो ।

   मृतकका भाई सरोजले यस अघि पनि ति युवाहरुले पटक पटक भाई र आफुहरु माथी आक्रमण गर्दै आएको र त्यस दिन उहिरुले कुटपिट गरी मारे पछि भिरमा लगेर फालेको आरोप लगाए । 

   अन्य स्थानियवासीहरुले पनि पोखरेलको हत्या नै गरिएको जिकिर गर्दै जिल्ला प्रहरी कार्यालयमा  भेला भएका छन् ।  मृतक पोखरेल सउदी अरवबाट दुई महिना अघि मात्र आमा विरामी परेर घर आएका थिए ।

    लामो समय देखि सउदी अरवमा हेवी डाईभरको काम गर्ने पोखरेललले प्रशस्त पैसा कमाएका थिए । उनको शरिरमा सुनको सिक्री , महँङ्गो मोवाईल  हुने गरेको भाई जरोज बताउँ छन् । मृतकका श्रीमति एक छोरा र एक छोरी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य