प्रेम सुनार/ भदौ २४, गुल्मी । भदौं २१  पञ्चमीका दिन तिजको राम हेरेर फर्किर्दै घर फर्केका  गुल्मी जैसीथोकका एक युवालाई सात जनाको समुहले मोटरबाटोमा घेराउ गरी निर्घात कुट–पिट गरेको तिन दिन पछि उनको भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/ भदौ २४, गुल्मी । भदौं २१  पञ्चमीका दिन तिजको राम हेरेर फर्किर्दै घर फर्केका  गुल्मी जैसीथोकका एक युवालाई सात जनाको समुहले मोटरबाटोमा घेराउ गरी निर्घात कुट–पिट गरेको तिन दिन पछि उनको भ"/>
२०८२, २२ चैत्र आईतवार
काठमाडौँ - KTM

गुल्मीका एक युवाको बाटोमा कुटपिट, भिरमा शव फेला

२०७३, २४ भाद्र शुक्रबार ०८:४४

प्रेम सुनार/ भदौ २४, गुल्मी । भदौं २१  पञ्चमीका दिन तिजको राम हेरेर फर्किर्दै घर फर्केका  गुल्मी जैसीथोकका एक युवालाई सात जनाको समुहले मोटरबाटोमा घेराउ गरी निर्घात कुट–पिट गरेको तिन दिन पछि उनको भिरमा शव फेला परेको छ ।

   जैसीथोक गाविस वडा नम्वर ४का  ३७ वर्षिय जनक पोखरेलको शव जैसीथोकको छापेखोला भन्ने स्थानको भिरमा  हिजो फेला परेको हो ।

 स्थानिय  सात जना युवाहरुको  आक्रमणमा पर्ने  मृतक पोखरेल र उनका साथी भनिएका मेघराज नेपालीका अनुसार उनिहरु दुई जनालाई  ति ७ जनाले त्यस दिन राती करिव साढे दश वजेको समयमा  घेराउ गरी आक्रमण गरेका थिए ।

   नेपाली भन्छन्–‘मृतक पोखरेल र म मिल्ने साथी थियौं,  हामी पञ्चमीका दिन जैसीथोक–५ को गोलपोलरीमा पञ्जमीका दिन लाग्ने तीजको राम हेरेर घर फर्किदै थियौं , त्यही क्रममा वडा नम्वर ४ को रातामाटाखानी भन्ने स्थानको मोटरबाटोमा ति ७ जनाले एक्कासी आक्रमण गरे ।  उनिहरुको घेरबाट म खुस्केर भाग्न सफल भएँ । साथी पोखरेललाई घेरा भित्र राखेर  निर्घात कुट्दै थिए , त्यस पछि के भयो मैले थाह पाईन् । ’

    ति सात जना भनिएका  युवाहरु एउटै  सामुदायका  जैसीथोक ५ निवासी २१ व्र्षिय शिव नेपाली , १९ वर्षिय अशोक नेपाली, २६ वर्षिय  भोजराज  नेपाली , २० वर्षिय विष्णुबहादुर नेपाली , १४  वर्षिय प्रेम नेपाली र सोही स्थानमा दिदी भेट्न आएका हस्तीचौर –६ ताल्तुङ्ग निवासी २० वर्षिय सन्तोष नेपाली रहेको उनले बताए ।

आज ति सातै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखी उनिहरु संग सोधपुुछ र अनुसन्धान गर्न सुुुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।

  अहिले प्रारिम्भक अनुसन्धान चलिरहेकोले सवै कुरा अहिले नै भन्न नसिकने भन्दै  एसपी रावलले ति ुसात जना विरुद्ध मृतकका भाई सरोज पोखरेलले  किटानी जाहेरी दिएको बताउनु भयो ।

   मृतकका भाई सरोजले यस अघि पनि ति युवाहरुले पटक पटक भाई र आफुहरु माथी आक्रमण गर्दै आएको र त्यस दिन उहिरुले कुटपिट गरी मारे पछि भिरमा लगेर फालेको आरोप लगाए । 

   अन्य स्थानियवासीहरुले पनि पोखरेलको हत्या नै गरिएको जिकिर गर्दै जिल्ला प्रहरी कार्यालयमा  भेला भएका छन् ।  मृतक पोखरेल सउदी अरवबाट दुई महिना अघि मात्र आमा विरामी परेर घर आएका थिए ।

    लामो समय देखि सउदी अरवमा हेवी डाईभरको काम गर्ने पोखरेललले प्रशस्त पैसा कमाएका थिए । उनको शरिरमा सुनको सिक्री , महँङ्गो मोवाईल  हुने गरेको भाई जरोज बताउँ छन् । मृतकका श्रीमति एक छोरा र एक छोरी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते