भदौ २४, पर्वत । पातीखोलाको भेलले पर्वतको पातीचौरस्थित बजार क्षेत्रको एक उद्योगसहित आधा दर्जन घर बगाएको छ । स्थानीयवासीका अनुसार अकस्मात बुधवार राती आएको खोलाको बाढीले भौतिक संरचना बगाएको हो । खोलाको आसपास र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, पर्वत । पातीखोलाको भेलले पर्वतको पातीचौरस्थित बजार क्षेत्रको एक उद्योगसहित आधा दर्जन घर बगाएको छ । स्थानीयवासीका अनुसार अकस्मात बुधवार राती आएको खोलाको बाढीले भौतिक संरचना बगाएको हो । खोलाको आसपास र"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

पातीखोलाले एक उद्योग सहित आधा दर्जन घर बगायो

२४ भाद्र २०७३, शुक्रबार ०९:२३

भदौ २४, पर्वत । पातीखोलाको भेलले पर्वतको पातीचौरस्थित बजार क्षेत्रको एक उद्योगसहित आधा दर्जन घर बगाएको छ । स्थानीयवासीका अनुसार अकस्मात बुधवार राती आएको खोलाको बाढीले भौतिक संरचना बगाएको हो । खोलाको आसपास रहेका ६ वटा घरहरु बगेका छन् भने ४ घरपरिवार विस्थापित बने ।रातीको समयमा सुतिरहेका स्थानीयवासीले भागेर ज्यान जोगाएकाले मानवीय क्षति हुन पाएन । अकस्मात् बाढीको गडगडाहट सुनेपछि भागेको स्थानीयवासीकले बताएका छन् । बाढीले याम बहादुर चोचाङगी मगरको घर सहित उनले संचालन गर्दै आएको धौलागिरि साबुन उद्योग बगाएर लगेको छ । मगरले आफूलाई २३ लाख बराबरको नोक्सानी भएको दुःखेसो पोखे । त्यसैगरी कालु विक, अन्तरे विक, सुन्दर विक, देउपुर ९ सुनचापको घर बगाएको छ भने तीर्थ हमालको    माछापोखरी, रुद्र बहादुर हमालको केराबारी, पार्वती बंगुर समूहको माछापोखरी बाढीले बगाएको छ भने बाजुङ १ पातीचौरका मनबहादुर पौडेलको मील पनि रहेको    छैन । पातीखोलाकै मुहाननेर रहेको पातीखोला       रेन्वो ट्राउट माछा पोखरीले क्षति व्यहोरेको छ । क्षतिको विवरण भने खुल्न सकेन । बाढीकै कारण पातीचौर बजार क्षेत्रभन्दा केही माथि अवस्थित स्थानीयका केही घरपरिवार विस्थापित समेत भएका हुन् । पातीखोला हाइडूोपावरलाई समेत बाढीले क्षति पुराएर अवरुद्ध बनाएको छ ।बाढीका कारण घरवास गुमाएर विचल्ली बनेका परिवारका सदस्यहरुले ज्यान जोगाए पनि भौतिक सम्पत्ति सवै गुमाउन पुगेका छन् । पातीखोलाको बाढीकै कारण मल्ल केवुल नेटवर्कको अप्टिकल फाइवर केवलको झण्डै एक किमी तार चुडिएर नष्ट भएको संचालकको गुनासो छ । बाढीले विजुलीका पोलहरु बगाउदा केवलका तार समेत चुडिन पुगेको हो । 


बाढीले खानेपानीमा समस्या

पातीखोलाको बाढीले मुहानमा क्षति पुराएपछि पातीचौरवासीलाई खानेपानीको समस्या भएको छ । बुधवार राती पातीखोलामा आएको बाढीले खानेपानीको पाइप समेत बगाएर लगेको छ । पातीचौरवासीले पातीखोलाको मुहानमा पानीट्याङकी बनाएर पाइप मार्फत् पिउने पानीको व्यवस्था गरेका थिए । बाढीले खानेपानीको पाइप बगाएपछि पातीचौरवासीलाई पिउने पानी कहाँबाट ल्याएर पिउने भन्ने समस्या थपिएको छ । पानीको स्रोत अन्तकतै नभएकोले शीघ्र व्यवस्था गराउनुपर्ने भन्ने स्थानीयवासीको माग छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव