आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सि"/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निहारिका राजपुत प्रहरी नियन्त्रणमा

२० श्रावण २०७९, शुक्रबार ०७:१८

साउन २०, काठमाडौँ | कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् । 


निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन । 

यस्तो थियो घटना

महोत्तरीकी निहारिका जनकपुरधाममा डेरा बसेर होटल म्यानेजमेन्टको पढाइ गर्दै थिइन्। सँगै पढ्ने धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–३ की साथीको आग्रहमा उनको घर गइन्। त्यही बेला साथीको दाइ शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको निहारिकाको भनाइ छ।

जति बेला उनी बलात्कृत भइन्, त्यो बेला उनी १७ वर्षकी थिइन्। ‘मलाई नशालु पदार्थ खुवाएर बलात्कार गर्‍यो,’ उनी भन्छिन्, ‘त्यतिबेला उसले विभिन्न फोटो खिचेको रहेछ। कसैलाई बताए सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्ने धम्की दिएको थियो उनी रुँदै भनिन्, त्यसैले १४ दिनसम्म चुपचाप बसेँ।’

सम्पन्न परिवारकी कान्छी छोरी निहारिकाले १४ दिनपछि हिम्मत जुटाएर परिवारका सदस्यलाई आफू बलात्कृत भएको बताइन्। तर, परिवारले घटना बाहिर ल्याउन मानेन र उनी पुनः चुप बसिन्। ‘महिनावारी रोकिएपछि समाजमा इज्जत जाने डरले परिवारले गर्भपतन गराउन भनेको थियो,’ उनले भनिन्, ‘मैले मानिनँ।’ परिवारले भनेको नमानेपछि उनी बहिस्कृत भइन्। उनी भन्छिन्, ‘परिवारबाट बहिस्कृत भएरै ०७७ भदौ ५ छोरालाई जन्म दिएँ।’

‘मेरो मुद्दालाई अदालतले ढिलाइ मात्रै गरिरहेको छु,’ उनले भनिन्, ‘अहिलेसम्म पेशीसमेत तोकिएको छैन, अदालतको फैसला कुरेर कहिलेसम्म बस्ने?’ न्यायका लागि राष्ट्रिय महिला आयोग, महिलाका लागि काम गर्ने विभिन्न संस्थामा पुगेँ। कतैबाट न्याय पाउने आशा नपलाएपछि सडकमा उत्रिएकी हुँ,’ उनले भनिन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण