२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला प्रकरणमा सफाइ पाएका दिलीपले किशोरीलाई दुर्व्यवहार गरेको आरोप

२०७९, २३ श्रावण सोमबार ०७:२१

साउन २३, कञ्चनपुर | चार वर्षअघि निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले किशोरीहरुलाई दुर्व्यवहार गर्न थालेको आरोप लागेको छ । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।

निर्मला पन्तको ह'त्यामा दिलीप विष्ट नै दोषी

भिमदत्त नगरपालिका–१९ बागफाँटाका विष्टले आजभोलि रेडक्रस–उल्टाखाम सडकमा हिँड्ने किशोरीहरुलाई जिस्काउने र हैरानी गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए । उनले भने–‘हाम्रो टिमले त्यसबारे अनुसन्धान गरिरहेको छ ।’

किशोरीहरुलाई दुर्व्यवहार गर्ने दिलीपको स्वभाव नै भएको र चार वर्षअघि पनि उनको स्वभाव त्यहि नै रहेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । दुर्व्यवहार गरेको भन्नेबारे किशोरीका अभिभावकहरूले प्रहरीलाई भनेका छैनन् । तर, निर्मला पन्त बलात्कार र हत्या अनुसन्धान गर्न खटिएका सिआईबी र जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरुले सो सूचना पाएपछि त्यसबारे अनुसन्धान थालेका हुन् ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलीपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो । २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो ।

दिलीपको पछिल्लो हर्कतबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै एसपी चौधरी भन्छन्– ‘दुव्र्यवहार भएको कुरामा हामी बुझ्दैछौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा