दलसिंह गिरी/भदौ २५, कालिकोट । इतिहाँसको कुनै कालखण्डमा जुम्लाको रातो मार्सी चामल दरबारमा पुग्यो अजै पनि सेनाका ब्यारेक र ठुल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/भदौ २५, कालिकोट । इतिहाँसको कुनै कालखण्डमा जुम्लाको रातो मार्सी चामल दरबारमा पुग्यो अजै पनि सेनाका ब्यारेक र ठुल्"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

कर्नालीवासीले २० केजी चामल पाउन धमाधम बच्चा जन्माउन र मार्न पर्ने

२५ भाद्र २०७३, शनिबार ०३:१५

दलसिंह गिरी/भदौ २५, कालिकोट । इतिहाँसको कुनै कालखण्डमा जुम्लाको रातो मार्सी चामल दरबारमा पुग्यो अजै पनि सेनाका ब्यारेक र ठुल्ठुला निकायमा जुम्लाको रातो मार्सी चामल पुग्दछ तर त्यो इतिहासलाई बिर्सेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्नालीवासीलाई २० केजी चामलमा साँट्न खोजेको भन्दै कर्नालीवासीले घोषणाको ब्यापक विरोध गरेका छन् । 

विहिवार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कर्नालीमा जन्मिदा र मर्दा २० केजी चामल उपलब्ध गराउने घोषणा गरेपछि कर्नालीका अगुवा तथा विभिन्न ब्यक्तिहरुले विभिन्न मेडिया तथा सामाजिक संजाल मार्फत घोषणाको ब्यापक विरोध गरेका हुन् । 

प्रधानमन्त्री दाहालले कर्नालीवासीलाई २० केजी चामल दिने घोषणाको विरोध गर्दै कर्नाली नागरिक समाजका अगुवा अशोक नाथ योगीले कर्नालीवासीले सुलभ स्वास्थ्य सेवा, विश्वसनीय यातायात सेवा र गुणस्तरीय शिक्षा नपाइरहेको बेला २० केजी चामलका लागि धमाधम बच्चा जन्माउन मार्न पर्ने कति पपुलर कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना गर्नु भएको छ । कर्नालीवासीले समग्र विकासका लागि विशेष अधिकार सहितको प्रदेशको माग, स्थानिय निकायमा प्रतिनिधित्व र सरकारको सहभागिताको माग गरेको हो तर मर्न र बाच्नका लागि २० केजी चामल मागेको होइन वहाले संजाल मार्फत घोषणाको विरोध गर्नु भएको छ ।

कर्नालीको जलश्रोत, जडिबुटी, जंगल, विदेशीलाई बेच्ने अनी कर्नालीलाई टुक्कीमारा, निकोटिन युक्त औषधी वितरण गर्ने शासकिय सोँचको निरन्तरता प्रधानमन्त्री दाहालले जन्म र मृत्युमा २० किलो चामल दिने घोषणाबाट गरी राजनीतिक दरिद्रता देखाएको जडिबुटी विज्ञ अजय गिरीले बताउनु भएको छ ।

जुम्लाका पूर्व सभासद एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले प्रधानमन्त्री दाहालले कर्नालीका जनतालाई टाउकाको रोगका लागि नाइटोमा उपचार गरेको भन्दै २० केजी चामल दिने घोषणाको विरोध गर्नु भएको छ । 

कर्नालीवासीलाई २० किलो चामल दिने घोषणा विगतका शासकहरुले राज्यको ढुकुटीमाथि ब्रमलुट गर्न कर्नालीमा भोकमरीको हल्ला फिजाउने परिपाटीको निरन्तरता रहेको लेखक समाजका गोरख विसीले आरोप लगाउनु भएको छ । 

फेसवुक टुवीटर जस्ता समाजिक संजाल मार्फत विभिन्न ब्यक्तिहरुले बच्चा जन्माउदा र मर्दा ब्यवस्थापन खर्च गर्न सक्ने कर्नालीवासीहरुको कुनैपनि हैसियत नरहेको जस्तो ब्यवहार प्रधानमन्त्रिले देखाएको भन्दै यसको ब्यापक विरोध गर्नु भएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव