प्रकाश बम | भदौ २५, काठमाडौ | साझा सवालको आयोजनामा काठमाडौमा गरीएको दुई दिने अनलाईन मिडिया प्रशिक्षण कार्यक्रम प्रभावकारी भएको कार्यक्रका सहभागिहरुले बताएका छन् । सात वटा प्रदेशका विभिन्न जिल्लाबाट सम्पादकको भुमिकामा रहेर काम गर्दै आएका सहभागिहरुले समापन कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | भदौ २५, काठमाडौ | साझा सवालको आयोजनामा काठमाडौमा गरीएको दुई दिने अनलाईन मिडिया प्रशिक्षण कार्यक्रम प्रभावकारी भएको कार्यक्रका सहभागिहरुले बताएका छन् । सात वटा प्रदेशका विभिन्न जिल्लाबाट सम्पादकको भुमिकामा रहेर काम गर्दै आएका सहभागिहरुले समापन कार्यक"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाईन मिडिया प्रशिक्षण कार्यक्रम प्रभावकारीः सहभागि

२५ भाद्र २०७३, शनिबार १६:४०


प्रकाश बम | भदौ २५, काठमाडौ | साझा सबाल मिडियाको आयोजनामा काठमाडौमा गरिएको दुई दिने अनलाईन मिडिया प्रशिक्षण कार्यक्रम प्रभावकारी भएको कार्यक्रमका सहभागिहरुले बताएका छन् । साझा सबाल डट कममा सात वटा प्रदेशका विभिन्न जिल्लाबाट सम्पादकको भुमिकामा रहेर काम गर्दै आएका सहभागिहरुले समापन कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन् । 

यस तालिममले आफुहरुलाई  अनलाइन मिडिया र साझा सबाल डट कममा समाचार अपडेट देखि जिल्लाको सम्पुर्ण फिचरहरु राख्न सिकाएकाले अझै बढी प्रभाकारी हुने दाङका पत्रकार सन्तोष कुमार गुप्ताले बताए । साझा सबाल अनलाईनले जिल्ला/जिल्लाको गृहपृष्ठ बनाएकाले अरु अनलाईन मिडिया भन्दा फरक रहेको बर्दिया जिल्ला सम्पादक प्रभात सुबेदीले बताए ।


अबको केहि महिनामै देशभरका ८० % जिल्लाबाट साझा सबाल अपडेट हुने बताउँदै साझा सबालका सम्पादक अनिल अधिकारीले अहिले साझा सबालमा ४४ जिल्ला सम्पादकहरुले सक्रिय रुपमा काम गर्दै आउनु भएकोमा आभार प्रकट गरे । सम्पादक अधिकारीले बिभिन्न जिल्लाहरुबाट पत्रकारहरुको उत्साहजनक उपस्थितले आफुलाई अझै जिम्मेवार बनाएको धारणा राखे  उनले भने 'साझा सबालले सबै जिल्ला पत्रकारलाई मालिकको दर्जामा राखेर ब्यबहार गरेको छ र गर्ने नीति लिएको छ । अहिलेसम्म साझा सबाल डट कम कुनै राजनीतिक पार्टीको आडमा चलेको छैन र चल्ने छैन । यो स्वतन्त्र छ, सबैलाई निशंकोच कार्यसम्पादन गरौँ ।' साझा सबाललाई नेपालकै उत्कृष्ठ अनलाई बनाउन आफु निरन्तर लागि पर्ने र सबैको साथ सहयोगको अपेक्षा गरेको साझासबालका सम्पादक अधिकारीले बताए ।

साझा सबाल डट कमको आगामि रणनितिका बारेमा समेत वृहत छलफल भएको उक्त कार्यक्रममा साझा सबालमा कार्यरत बिभिन्न जिल्लाका स्थानीय पत्रकारहरुको उपस्थिति थियो । प्रशिक्षणको समापन कार्यक्रममा साझा सबाल मिडियाले अनलाइन मिडिया प्रशिक्षणमा सहभागिहरुलाई  प्रमाण पत्र समेत प्रदान गरेको थियो । दुई दिनसम्म संञ्चालन प्रशिक्षण कार्यक्रमा बर्दियाका पत्रकार प्रभात सुवेदी, डडेलधुराका पत्रकार ललित बोहोरा, कालिकोटका पत्रकार दलसिङ गिरी, ओखलढुंगाका पत्रकार पूर्ण प्रसाद न्यौपाने, रामेछापका पत्रकार प्रज्वल पौडेल, कास्कीका पत्रकार कमल सुवेदी, दाङका पत्रकार सन्तोष कुमार गुप्ता, रसुवाका पत्रकार प्रेम प्रसाद पौडेल, अछामका पत्रकार कमल रावल, मकवानपुरका पत्रकार जीवराज बख्रेल लगायत विभिन्न जिल्लाबाट ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव